एसईई परीक्षार्थीलाई सघाउन रेडियो कार्यक्रम

अमर सुनार
दैलेख, ८ बैशाख ।
लकडाउनको बेला पनि बालबालिकाहरुले आफ्नो पढाई लेखाई निरन्तरता दिइ राख्न एसईई परीक्षार्थीलाई लक्षित गरेर दैलेखका दुई वटै स्थानीय एफएम रेडियोबाट एसईई परीक्षा तयारी दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई दैलेख, सेभ द चिल्ड्रेन/एभरेष्ट क्लव दैलेख र स्थानीय तहहरुको समन्वयमा आइतबारदेखि सुरु भएको रेडियो कार्यक्रममा आइतवार र बुधवार अंग्रेजी, सोमवार र विहीवार गणित अनि मंगलवार र शुक्रवार विज्ञान विषय शिक्षण गरिने बताइएको छ ।

दैलेखका दुई ओटै एफएमहरु रेडियो धुवतारा सामुदायिक एफएम ८९ थोप्लो मेगाहर्ज र रेडियो ज्वाला सामुदायिक एफएम १०० थोप्लो ४ मेगाहर्जमा शविार वाहेक हरेक दिन विहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लव काकार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिए । अंग्रेजी, गणित र विज्ञान विषयमा सिकाई उपलब्धी कमजोर भएको कारण एसईई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको यी विषयमा मात्र समेटिएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखका इकाई प्रमुख तेजबहादुर थापाले बताए ।

यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) को सहयात्रा दोश्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाई लेखाईलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम सुरु भएको छ । बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएम ८९ थोप्लो ८ मेगाहर्जमा हप्तामा ३ दिन सोमवार, बुधवार र शुक्रवार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारणगर्ने व्यवस्थामिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बिसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया