१ सय ७५ घरधुरीलाई माक्स र साबुन वितरण

रामचन्द्र न्यौपाने
डोल्पा १४ चैत्र
जुम्लाको गुठीचौर गाउँपालिका वडा नं ५ बस्ने खत्री युवाहरुले आफ्नै वडाका १ सय ७५ घरधुरीलाई निशुल्क रुपमा मास्क र सावुन बितरण गरेका छन् । देपालगाउँका १४ जनाखत्री युवाहरुको व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १ सय ७५ घरधुरीका ५ सय ८० जनालार्ई निशुल्क मास्क र सावुन वितरण गरेका हुन् ।

खत्री परिवारका युवाहरुले आफैले पैसा उठाएर विपन्न परिवारलाई निशुल्क रुपमा मास्क र सावुन वितरण गरेको स्थानीय युवा बिकास खत्रीले जानकारी दिनुभयो ।  आफुहरुसँग अझै ३ हजार ५ सय मास्क र २ हजार साबुन बाँकी रहेकाले वडा नं ३ र ४ का सम्पुर्ण सर्वसाधारण लाई बाँड्ने योजना बनाएको खत्रीले बताउनुभयो ।


विश्वभर कोराना भाइरसले महामारीको रुप लिइरहेको बेला नेपालमा पनि पुर्व सतर्कता अपनाउनु पर्ने बताउँदै देश विपत्तिमा भएका बेला सबैले आ– आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने खत्रीको भनाई छ । देपालगाउँका बिकास खत्री, पदमराज खत्री, टेकेन्द्र खत्री, तपेन्द्र खत्री, जंगबहादुर खत्री, कमल खत्री, कर्ण बहादुर खत्री, दिपेन्द्र बुडथापा, डम्बर खत्री, नेत्र बहादुर खत्री, सन्तोष खत्री, कमल खत्री, सुरत खत्री र लोक बहादुर खत्रीले संयुक्त रुपमा पैसा उठाएर निशुल्क वितरण गरेकाहुन् ।

तपाईको प्रतिक्रिया