कर्णालीको गरिवी आधामा घटाउने लक्ष्य

सुर्खेत : आगामी पाँच वर्षमा कर्णाली प्रदेशको बहुआयामिक गरिवी आधा घटाउने लक्ष्य लिइएको छ । कर्णाली प्रदेश योजना आयोगले तयार पारेको ५ वर्षिय आधारप्रत्र अनुसार ५२ प्रतिशतबाट २५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ।

प्राकृति स्रोत र साधानको उच्चतम प्रयोग गर्दै आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आम्दानी एक हजार एक सय ४७ रुपैयाँ अमेरिकी डलर पु¥याउने लक्ष्य लिइएको छ ।
अहिले कर्णालीका नागरिकको प्रतिव्यक्ति आय ६ सय ६ रुपैयाँ अमेरिकी डलर छ । आइतबार आयोगले सार्वजनिक गरेको आधारपत्र अनुसार वार्षिक औषत आर्थिक बृद्धिदर ५.७ बाट बघाएर १४.९ पु¥याउने लक्ष्य राखिएको छ ।

त्यस्तै साक्षरतादर ६६ बाट बढाएर ९५ प्रतिशत पु¥याउने जनाइएको छ । विद्युत उत्पादनलाई आठ सय २५ मेघावाटबाट दुई सय पु¥याउने र ९० प्रतिशत नागरिकलाई विद्युतको पहुंचमा पु¥याइने छ । कर्णाली प्रदेशमा झण्डै १८ हजार (१७ हजार सात सय ९९) मेगावाटभन्दा बढी विद्युत उत्पादनको क्षमता छ । विद्युत उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ । प्रशस्त सम्भावना भएर पनि जलविद्युतमा लगानी गर्न र उत्पादन बढाउन नसक्दा कर्णाली प्रदेशको अधिकांश भूभाग अहिले पनि बिजुलीको पहुँचभन्दा धेरै टाढा छ ।

तपाईको प्रतिक्रिया