कपडा कसरी टिकाउयुक्त हुन्छ ?

सामान्य जस्तो लाग्छ, तर कपडा धुने, सुकाउने, राख्ने कुरामा हामी उति ख्याल गर्दैनौं । त्यही कारण कपडा चाडै पुरानो हुन्छ । रंग उड्छ । कपडालाई लामो समयसम्म टिकाउन, त्यसको चमक कायम राख्नका लागि लुगा धुने, सुकाउने, राख्ने कुरामा ख्याल राख्नुपर्छ । यसका लागि केही काइदा छन् ।

१. सबैभन्दा पहिला कपडा धुनका लागि सधै माइल्ड डिटरजेन्ट नै प्रयोग गरौ । यसले कपडा लामो समयसम्म चमकदार बनाइराख्छ ।
२. सेतो कपडालाई कहिलेपनि रंगिन कपडासँग धुनुहुँदैन ।
३. रंगीन कपडालाई १–२ घण्टाभन्दा बढी डिटरजेन्टमा भिजाउनु हुन्न ।
कटनको केहि कपडाको रंग पखालिन्छ । यस्तो कपडा अरुसँग मिसाएर धुनु हुँदैन ।
४. सिल्क, बनारसी र इम्ब्रोयडरी वर्क गरिएको फेब्रिकलाई घरमा धुनु उपयुक्त हुँदैन । यसका लागि ड्राइ क्लिनिङ राम्रो विकल्प हो ।
५. कालो रंगको कपडा खासगरी कालो जिन्सलाई पनि अन्य कपडाभन्दा अलग राखेर धुनुपर्छ । किनभने कालो रंगको कपडाको रंग अरुमा सर्छ ।
६. यदि ऊनी कपडा धुनु छ भने बिशेष सावधानी अपनाउनु पर्छ । ऊनी कपडालाई तातो पानीमा धुनु हुँदैन ।
७. संभव भएसम्म कपडालाई वासिंङ मशीनमा धुनु हुँदैन । यसले कपडा ड्यामेज हुने खुम्चिने डर हुन्छ ।
९. रंगीन कपडालाई चर्को घाममा सुकाउनु हुँदैन । यस्तोमा रंग जाने संभावना बढी हुन्छ ।
१०. कपडालाई सोझै घाममा भन्दा पनि आझेलमा सुकाउनु राम्रो हो । यसले गर्दा कपडाको रंग त जाँदैन नै, टिकाउ पनि हुन्छ ।
११. कपडालाई कसरी राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हो । कपडालाई त्यसको फेब्रिक र आवश्यक्ता अनुरुप राख्ने गरौ ।
१२. आइरन गर्न मिल्ने कपडालाई आइरन गरेर राख्नुपर्छ । यद्यपी सबै कपडालाई आइरन गर्ने ढंग भिन्न भिन्नै हुन्छ । जस्तो कि, कटन र सिल्क फेब्रिकमा हेभी आइरनको जरुरत हुन्छ । शिफन र जर्जेटमा हल्का आइरन चाहिन्छ ।
सबै फेब्रिकलाई त्यसको प्रकृति अनुसार भिन्न भिन्नै तापमानमा आइरन गर्नुपर्छ ।
१३. कपडालाई सहि ढंगले राख्नका लागि वार्डरोबको सहि सेटिङ पनि आवश्यक हुन्छ । जस्तो कि, इम्ब्रोइडरी वाला कपडालाई प्लेन कपडाभन्दा अलग राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया