एसइई परीक्षा सर्न सक्ने

काठमाडौं : यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ । चैत ६ गतेबाट सुरु हुने भनिएको परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन् ।

‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउनेरनबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने । मन्त्री ढकालले अहिले एक सय ७० वटा आइसियू सञ्चालनमा रहेकोमा काठमाडौंभित्र एकसय २० र बाहिर एकसय १५ वटा आइसियू विस्तार गर्न सरकार जुटेको जनाए ।

तपाईको प्रतिक्रिया