हावाहुरीले घर को छाना उडाएपछि परिवारको बिच्चली

दैलेख : शुक्रवार आएको हावाहुरीले दैलेखको नारायण नगरपालिका–९ मा पर्ने बासकोट नजिक बसन्ती सुनारको घरमा लगाइएको टिनको छाना उडाएको छ । हावाहुरी चलेको बेला परिवारका सात जना सदस्यहरु घरभित्रै भएको कारण मानव क्षति नभएको बसन्तीले बताईन । ‘आफू, सासु र पाच जना बालबालिका घरभित्रै थियौं, कसैलाई चोट लागेन’ उनले भनिन् ।

घरमुली दलबहादुर सुनार उपचारको लागि कोहलपुर गएका छन भने बसन्तीका श्रीमान्, र देवर मजदूरीका लागि भारतमा रहेको बेला अघिल्लो वर्ष मात्रै उनको घर चार लाख रुपैंयाँ खर्च गरी बनाईएको थियो ।  हावाहुरीले छाना अड्याउन प्रयोग भएका बला, कडी लगायतका काठहरु समेत उजाडिएको कारण माथिल्लो तलका तीनवटै कोठा भत्किएका छन् ।

माथिल्लो तला उजाडिएको कारण त्यहाँ भएका कपडा र अन्नपात समेत नोक्सानी पुगेको पुगेको छ । त्यो घरमा भूईं तलाका तीनवटा कोठा भान्सा र माथिल्लो तीनकोठा सुत्नका लागि प्रयोग गरिंदै आएको थियो । बासकोट गाउँका उत्तर मोहडा फर्किएका केही घरहरुमा पनि सामान्य क्षति पुगे पनि छाना उडाएको बसन्तीको घरमा मात्र रहेको छ ।

तपाईको प्रतिक्रिया