श्रम स्विकृति बन्द

सुर्खेत : कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण प्रदेश पनि श्रम बन्द गरिएकोे छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित गरेपछि प्रदेशबाट पनि श्रम स्विकृति बन्द गरिएको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ ।

शुक्रबार सूचना जारी गर्दै कार्यालयले अर्काे सूचना नआएसम्म श्रम स्विकृति बन्द गरिएको छ । कार्यालय निमित्त बरिष्ठ श्रम अधिकृत सुनिताकुमारी दर्लामीले दिएको जानकारी अनुसार शुक्रवारदेखि देशभरीका श्रम तथा रोजगार स्वीकृत बन्द गरिएको छ ।

कोरोनाको सन्त्रास कम नभएसम्म श्रम स्वीकृति बन्द गरिएको उनको भनाइ छ । संक्रमणको विरुद्ध उच्च सतर्कता अपनाउँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले २९ गते गरेको निर्णय अनुसार वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृत र पुनः श्रमस्वीकृति (संस्थागत र व्यक्तिगत) स्थगित गरिएको थियो ।

तपाईको प्रतिक्रिया