शंकरले छाडे विप्लव समूह

दुर्गा विसी

 

 

सल्यान : नेत्रबिक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका नगर सचिव शंकर बुढाथोकीले पार्टी परित्याग गरेका छन् । विप्वलको बनगाड कुपिण्डे नगरपालिका सचिव रहेका वुढाथोकीले शनिबारदेखि पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

बनगाड–२ बामे निवासी उनले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । विप्लवको आठौ महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमप्रति पूर्ण असहमत पार्टी परित्याग गरेको बताएका छन् । तत्कालिन माओवादीबाट राजनीति सुरु गरेका बुढाथोकी पार्टी फुटेपछि मोहन बैद्य हुँदै विप्लवमा लागेका थिए ।

तपाईको प्रतिक्रिया