‘परदेशी २’ मा प्रकाश सपुतको जोडी वर्षा

चलचित्र ‘परदेशी २’को छायांकन केही दिनमा सुरु हुँदैछ । नारायण रायमाझीको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन फागुनको दोश्रो साताबाट सुरु हुँदैछ । यो चलचित्रको मुख्य भूमिकामा लोकगायक प्रकाश सपुतले काम गर्दैछन् ।

प्रकाशले चलचित्रको कथा मन परेपछि आफूले काम गर्न लागेको जानकारी दिइसकेका छन् । यसको निर्माणपक्ष लामो समयदेखि नायिकाको खोजीमा थियो । अब भने निर्देशक रायमाझीले नायिकाको रुपमा वर्षा सिवाकोटीलाई फाइनल गरेका छन् । वर्षा र यसको टिमविच सम्झौता भएको श्रोतले जानकारी दियो ।


यो बिषयमा नायिका सिवाकोटीले केही पनि बताउन चाहिनन् । उनले भनिन् ‘चलचित्रको बिषयमा कुरा भएको हो । तर, केही पनि फाइनल छैन ।’ चलचित्र ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पीडा भन्छ । यो चलचित्रको केही दृश्यको छायांकन अमेरिकामा भैरहेको बुझिएको छ । वर्षा चलचित्रमा जोडिएको बिषयमा यसको निर्माणपक्षले पनि केही बताएको छैन ।

चलचित्रका लागि अर्की एक जना नायिकाको खोजी पनि भैरहेको वुझिएको छ । चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकारको मुख्य भूमिका थियो । यसको सिरिजमा भने प्रकाश सपुत र वर्षा सिवाकोटीले काम गर्दैछन् । नायिका सिवाकोटीको व्यस्तता अहिले खुबै बढेको छ । हालै, ‘चालबाज’को छायांकन सकाएकी वर्षाले रमेश बुढाथोकीको निर्देशनमा बन्ने चलचित्र ‘सुदुर’मा पनि काम गर्दैछिन् । उनले ‘सुदुर’ अगाडि चलचित्र ‘परदेशी २’को छायांकन सक्ने योजना बनाएको बुझिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार