सडकमानव रहित प्रदेश घोषणा हुने

ओम शाही

सुर्खेत : कर्णाली प्रदेशलाई आउँदो माघ चार गते भित्रमा सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणा गरिने भएको छ ।

सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा भएको उक्त कार्यक्रममा सरोकारवला संग यस विषय छलफल तथा बहस भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको उपत्यकामा कति व्याक्तीहरुले आफ्नो जिवनलाई सडकमै दीन, रात बिताउँने गरेकोे पाहिएको छ । त्यस्ता व्याक्तीहरुको न्युनिकरण, संरक्षण र सुरक्षाको लागि प्रदेश सरकारले उचित गास, वास र कपासको व्यावस्थापन गरी सडक मानव रहित प्रदेश घोषणा गर्न लागेको हो ।

मानव सेवा आश्रम कर्णालीले विगत एक वर्षदेखि सुर्खेत लगाएत कर्णालीका विभिन्न जिल्लाहरुमा सहयोगापेक्षी सडकमानवहरुको उद्वार, संरक्षण र पारिवारिक पुर्नमिलन गराउदै आएको आश्रमकी संयोजक सृजना वलीले बताएकी छिन् ।

उनले भनिन ‘हामीले खान नपाएर सडकमा मागेर हिड्ने, बास नपाएर बास खोज्दैँ हिड्ने, घरेसीँ तथा पारिवारिक अवस्थाले घर परिवार छोड्र सडकमा जिवन बिताउदैँ आएका असहारा, दुःखी तथा पिडित व्यक्तीहरुलाई यस मानव सेवा आश्रमले सेवा दिदै आएको छ ।’

आश्रमको अग्रसरतामा कर्णाली प्रदेशलाइ नै आउँदो माघमा सहयोगापेक्षी सडकमानव रहित प्रदेश घोषणा गरिने समाजिक विकास मन्त्रालय तथा कणौली प्रदेशको लक्ष्य समेत रहेको छ ।

 

तपाईको प्रतिक्रिया