बासु आचार्य/सुर्खेत
जनताको सामाजिक, आर्थिक स्रोतसँगसँगै देशको विकास उन्नती उच्च पार्ने स्तर बनाउने प्रमुख स्रोत राजनीति हो । राजनीतिले व्यक्ति वा नागरिक स्तरमा केही विशेष सिद्धान्त एवम् व्यवहार नीति बनाउँदछ । अझै भन्नुपर्दा शासन गर्नका लागि पद प्राप्त गर्नु तथा सरकारी पदको उपयोग गर्ने नीति बनाउने थलो राजनीति हो ।
यसमा व्यक्ति–व्यक्तिबीच सम्बन्ध विस्तार भई, समूहबाट कमिटी निर्माण गरिन्छ र कमिटी मार्फत विशेष छलफल गरी निर्णय लिइन्छ । यो समाजका साथै देशकै स्थिति मजबुद बनाउने कार्यमा जोडिएको हुन्छ । राजनीतिले सामाजिक, आर्थिक जस्ता क्षेत्रहरु मजबुद बनाउनका लागि देशको विगत, वर्तमान र भविश्यका चुनौतीहरु अध्ययन गरी आवश्यक कदम चाल्न जरुरी छ ।
राजनीतिले राज्य र सरकारसँग सम्बन्धित विचारको विश्लेषण गर्दछ । वास्तममा राजनीतिले हाम्रो समाजको नजिकको घटनाको व्यवस्था र त्यसको समाधानको मुल्याङ्कन गरी व्यवस्थित समाज निर्माण गर्ने सम्भावनाको अध्ययन गर्नुपर्दछ । यसले सरकारको माध्ययमबाट समाजलाई व्यवस्थित तरिकाले मिलाएर त्यहाँको सामाजिक, आर्थिक र सांस्कृतिको उच्च मूल्याङ्कन गरी नियम, कानून बनाउनु पर्दछ ।
राजनीतिक सिद्धान्तका उद्देश्य
जनताको प्रश्नको बारेमा तर्क संगत ढंगले सोच्ने र सामाजिक र राजनीतिको सन्दर्भमा जनातालाई सही तरिकाले प्रशिक्षण दिनु राजनीतिक सिद्धान्तको उद्देश्य हो । राजनीतिक सिद्धान्त, समाजसँग जोडिएको सिद्धान्त हो यसले शक्ति, न्याय, स्वतन्त्रता र समुदायका नागरिकको अधिकार, राजनीतिक स्थिरता र परिवर्तनका विचारमा ज्ञान दिनुपर्ने हुन्छ । अनि समाजले राजनीतिको अर्थ बुझ्दै जान्छन् । समाजमा अनि देशकै मूख्य चुनौतीहरु गरिबी, बेरोजगारी र विकास जस्ता आर्थिक विषयहरु राजनीतिलाई प्रभाव पार्ने मूख्य विषय हुन् । राजनीतिक दलले सरकारमा नीति, नेतृत्व र परिवर्तनसँग जोडिएको हुन्छ ।
समाजलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि समाजद्धारा बनाइएको विविध एकाईहरूको एक अर्कामा अन्तरनिहित हुने समस्टिगत स्वरुप नै वास्तवमा सामाजिक संरचना हो । यसले समाजलाई व्यवस्थित र संयमित बनाउने काम गर्दछ । जसरी एउटा शरीर तन्तुहरुमा मांशी, रक्तकोषी, हाड लगायतका विभिन्न तत्वहरू मिलेर बनेको हुन्छ त्यहीँ नै सामाजिक संरचनाहरु विविध एकाइहरू मिलेर बनेको हुन्छ । अहिले नेपाली समाजमा दक्ष युवाको ज्ञान र शिक्षा समाजको लागि उपयोगी नहुनु, अवसरको खोजिमा विदेश पलायन हुनु जस्ता प्रभावहरु धेरै देखिएका छन् ।
नेपालमा हालको राजनीति झट्ट हेर्दा केही बढेको देखिए पनि सामाजिक क्षेत्रमा अन्यौल नै देखिएको छ । समाजमा जुन गतिमा मानुपर्ने हो त्यो देखिएको छैन् । केन्द्रीय राजनीतिको प्रभाव सामाजिक क्षेत्रमा देखिन्छ । स्थानीय, प्रदेश र संघीयताले सामाजिक समस्यालाई अझै मुक्त पार्न सकेको छैन् । जुन व्यक्तिबाट सामाजिक समस्या न्युनिकरण गर्न सक्षम छ भनेर आश मानेको छ त्यहीँ व्यक्तिबाट पनि केही हुन सक्दा समाज अझै अन्यौलमै गुज्रिरहेको छ ।
हामी राजनीतिक बलमा समाजमा भएका गलत काम रोक्न सक्दैनौं । सामाजिक क्षेत्रमा जरा गाडेर बसेको समस्यालाई जरादेखि उखलेर फाल्न सक्दैनौं । विकृती, विसंगतिलाई कम गर्न सक्दैनौं तबसम्म हामी समाजमा भरसिलो हुन् सक्दैनौं । यसले हामीलाई सामाजिक क्षेत्रमा अविश्वासको बाटो पैदा गर्दछ । अहिले नेपाली समाजमा राजनीतिमा लाग्नु विभिन्न अवसरहरुको प्राप्तीका लागि सजिलो बाटोको रुपमा लिने गरिएको छ ।
नजिकको मान्छे राजनीतिमा लागिरहँदा आफु पनि लागेको भन्ने र अर्को पद प्रतिष्ठा, मान सम्मानको लागि राजनीतिमा लागेको हामीले देखिरहेका छौँ । वास्तवमा राजनीतिको अर्थ कसले बुझाउने हो । त्यसको बारेमा राजनीतिक दलले खासै चासो राखेको देखिदैन् । नेता बन्ने, माननीय र मन्त्री बन्ने चाहना बोकेर राजनीतिमा प्रवेश गरेको देखिन्छ । अहिले नेपाली समाजमा एउटा युवा राजनीतिमा लाग्दा युवाहरुको प्रतिनिधित्वको लागि मात्रै कुरा गर्छ ।
महिलाले महिलाकोे अधिकार प्राप्तिको गराउने सवालमा मात्र कुरा गर्छ । दलितले दलितको अधिकारको मात्र कुरा गर्छ । मुस्लिम, थारु, जनजाति, ब्राह्मण, क्षेत्री आ–आफ्नो विषयमा मात्र ताल्लुख राख्छन् । जब हामीले राजनीतिलाई यसरी बुझ्छौ हामी गन्तब्यमा पुग्न सक्दैनौ र बीचमै निराशा र असफल हुन्छौ । यो राजनीति अल्पज्ञान मात्र हुनेछ । यो पूर्ण ज्ञान होइन् ।
जब हामी यर्थातमा समग्र विषयलाई बुझ्दैनौं केही विषय मात्र समातेर अगाडी बढ्छौँ । तब हाम्रो राजनीतिक यात्रा बीचमै रोकिन्छ । विषयलाई अंश–अंशमा बुझ्ने कुरा सही होइन् । समग्रमा बुझ्ने र सहि मुद्दालाई प्रतिनिधित्व गरे मात्र अघि बढ्न सके मात्र हामिमा जनताको विश्वास प्राप्ती हुन्छ । कुनै व्यक्ति नेता, माननीय वा मन्त्री हुने भन्ने कुरा चाहाना र इच्छाले मात्र हुने कुरा होइन । चाहना हुनु संयोग मात्रै हो ।
हामीले मुद्धालाई सहि ढंगले उठान गरेर अगाडी बढ्यौ भने हामी नचाहादा नचाहाँदै पनि हामीमा नेता, माननीय, मन्त्री हुने सम्भावना रहन्छ । तर, विषयलाई मुद्धालाई ठिकसँग बुझिएर ग्रहण गरिएन भने हजारौ प्रयास गर्दा पनि गन्तव्यमा पुगिँदैन् । नेता बन्दैमा मात्र महान् भइन्छ भन्ने पनि हुँदैन् । जसले जनताको हित र समुदायको प्रगतिको प्रतिनिधित्व गर्छ ऊ नेता बन्छ सक्छ, चाहे त्यो प्रतिक्रियावादी पार्टीको नेता किन नहोस् । हामीले धेरै नेताहरु देख्यौं, बुझ्यौं मूख्यकुरा सम्रग वर्गको नेता भन्ने हो ।
हामीसँग धेरै समस्याहरु छन् । महिला÷पुरुषका समस्या, दलित, जनजाति, ब्राह्मण, क्षेत्री, विपन्न वर्ग, किसान, शिक्षका, विद्यार्थी, अपाङ्गता, अल्पसंख्यक लगायतका समस्या छन् । हिमाल, पहाड, तराईमा बसोबास गर्ने समुदायका समस्या छन् । सांस्कृतिक, भाषाका, परम्पराका समस्यालाई जब राजनीतिक दलले यी विषयका मुद्दालाई समग्रमा लिएर उचित समाधानमा लाग्दैन वा यस समस्याको हलको प्रतिनिधित्व गर्दैन तब राजनीतिक यात्रा अपूरो हुन्छ ।
चुनावमा टिकट मिलेन, तपाईं भाग्नुहुन्छ ? जनप्रतिनिधि अध्यक्ष, सदस्य हुन पाइएन भन्दै तपाई विद्रोह गर्नुहुन्छ ? पार्टी कमिटीमा रोजेको पद प्राप्ती भएन राजनीतिमा लागेको वेकार भएको भावना प्रकट गर्नुहुन्छ ? यसरी राजनीति नबुझेका नेता कार्यकर्ता भयो भने पार्टी छोड्ने धम्की वा पार्टीमा पलायन हुनुहुन्छ ? अर्काले प्रलोभन देखाइदियो भने उतै जानुहुन्छ ? यस्ता गतिविधिहरु राजनीतिमा अल्प ज्ञानको परिणाम हो ।
राजनीतिलाई गम्भीरताका साथ बुझौं । म राजनीति किन र के का लागि गर्दैछु, स्पष्ट हुन जरुरी छ । धेरै पटक हाम्रा चाहाना विपरीत निर्णयहरु पनि हुनसक्छन् त्यसलाई ग्रहण गर्न सक्नु पर्दछ । हामीले धैर्यता गुमाउनु हुँदैन् । आफ्नो विषयमा निरन्तर अडिग् भैरहनु पर्दछ । तपाईं महिला भएर जन्मिनु, पुरुष भएर जन्मिनु, जनजाती, दलित, वाह्मण, क्षेत्री, हिन्दु, मुस्लिम, क्रिशिचियन, चाहे जे हुनुहोस् तपाई वर्गको मात्र होईन समग्रको नेता बन्न सक्नुहुन्छ ।
अन्ततः सामुहिक एकता हाम्रो मुल मन्त्र हो ।
कमिटी प्रणाली हाम्रो आत्मा र जीवन हो ।
समग्र मानव जातिको व्यक्ति नै हाम्रो दर्शन हो भन्ने मान्यताका साथ अघि बढौँ । गन्तव्यमा पुन गाह्रो छ तर, असम्भव छैन् । सकारात्मका सोचका साथ अघि बढौँ ।
(लेखक आचार्य राष्ट्रिय युवा संघ नेपाल, सुर्खेतका अध्यक्ष हुन् ।)
युग संवाददाता । सुर्खेत । ७ जेष्ठ २०८१, सोमबार ११:२१