वेवारिसे बम डिस्पोज

जाजरकोट : जाजरकोटमा बेवारिसे बन डिस्पोप पारिएको छ । सदरमुकाम खलंगास्थित थाप्ले सडकमा बुधवार राती बेवारिसे वम भेटिएको थियो ।

करिव आठ बजेतिर बम राखिएको जानकारी पछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी वम भएको स्थानमा पुगेपनि रात परिसकेका कारण तत्कालन डिस्पोज गर्ने अवस्था भएन । रातभर नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोली बम राखिएको ठाँउमा खटियोे ।

बिहीबार विहान मात्रै नेपाली सेनाको बम डिस्पोजल टीमले बम निस्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुन सक्ने बताए ।

दुध बोक्ने किट्लीमा दुई ओटा डिटोनेटर राखेर बनाईएको इम्प्रोभाईट बम (किट्ली बम) रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया