अर्गानिक आलु खेती गरिने

हुम्ला : राुम्लाको स्थानीय अर्गा्निक आलु लोप हुनै लागेको समयमा चालु आर्थिक बर्षमा चालीस हेक्टर जमिनमा उक्त आलु खेती गरिने भएको छ ।

स्थानीय रैथाने आलुको संरक्षण गरि उत्पादनमा वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजनाले सो कार्य जिल्लामा गर्ने भएको हो । मिठो र स्वादिलो हुम्लाको स्थानीय रैथाने आलुको संरक्षणका साथै उत्पादनमा बृद्धि गर्न प्रधानमनत्री कृषि आधुनिकीकरण परियोजनाले जिल्ला चार वटा नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकामा सो आलु खेती कार्यक्रम सञ्चालन गर्ने कृषि बिकास कार्यालयका प्रमुख चन्द्रभुषण झाले बताए ।

हुम्ला जिल्लाका यी सबै गाउँपालिकामा आलु खेती राम्रो हुने भएको कारण प्रति गाउँपालिका दश दश हेक्टरका हिसाबले आलु खेती गरिने उनले बताए । आगामी फागुन महिनाबाट हुम्ला जिल्लामा आलु खेती सुरु गरिने भएको कारण अब किसानस्तरबाट माग संकलनका लागि प्रस्ताबना माग गर्ने कार्यको तयारी भै रहेको छ। छनौट भएका प्रस्ताबहरुले आलुको बीउ, औजार र आवश्यक अन्य सामाग्री अनुदान दिइने भएको छ ।

यसका लागि किसानहरुले ब्यक्तिगत, समूह वा सहकारी मार्फत खेती गर्न सक्नेछन् । कार्यालयले यो कार्यक्रम सञ्चालन गर्न चालीस लाख बजेट बिनीयोजित गरेको छ । हुम्लाका अर्गानिक रैथाने आलु लोप हुने अबस्थामा पुगेको बेला कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट यसको संरक्षण र उत्पादन बृद्धि गर्ने जुन प्रयास गरेको छ, त्यो स्वागत योग्य काम भएको किसान लोकेन्द्र बोहराले बताए ।

तपाईको प्रतिक्रिया