राष्ट्रियसभा निर्वाचनकाे मतादान शुरु

सुर्खेत : राष्ट्रियसभा निर्वाचनका लागि आज (बिहीबार) मतदान शुरु भएको छ ।

राष्ट्रिय सभाका १८ सिटका लागि आज मतदान शुरू भएको छ। आज बिहान १० देखि दिउसो ४ बजेसम्म जारी रहने मतदानमा अहिले मतदान गर्ने क्रम जारी छ।

निर्वाचनका लागि कर्णालीका मतदाताहरु सुर्खेत आइपुगेका हुन । जिल्ला निर्वाचन कार्यालयमा सुर्खेतमा मतदान रहेकाे छ । कर्णालीमा दुई पदका लागि चार जनाले उम्मेदवारी उठेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट जाजरकोटका मायाप्रसाद शर्मा र सुर्खेतकी सुमित्रा बिसीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसबाट सुर्खेतका डिल्लाराम पाठक र सुर्खेतकै गणेशकुमारी बस्नेत उम्मेदवार छन् । कर्णालीमा जम्मा एक सय ९८ जना मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ।

मतदानपछि आवश्यक व्यवस्था मिलाई मतगणना गर्न र नतिजा सार्वजनिक गर्न पनि निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिइसकेको छ।

तपाईको प्रतिक्रिया