प्रदेश सभा सदस्य द्धारा जनता बालविकास केन्द्रको अवलोकन

दिनेश कुमार बुढा

प्युठान : प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशले प्रदेश नं. ५ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं. २ नोसमा रहेको जनता प्राथामिक विद्यालयको आईतबार अवलोकन गरेका छन् ।

प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको आयोजना तथा सेभ द चिल्डे«न र सेतो गुराँस बाल विकास सेवा केन्द्र सुर्खेतको सहजिकरणमा तयगरिएको सात दिने अवलोकन भ्रमणमा सहभागी ११ जना प्रदेश सभा सदस्य, सेभ द चिल्डे«नमा कार्यरत यम थापा लगाएतको टोलीले सम्रगमा अवलोकन गरेका हुन् ।

सेभ द चिल्डे«न, कालिका विकास केन्द्र नेपाल, विद्यालय र स्थानिय समुदायको जनश्र्रमदानको आर्थिक सहयोगमा २०७३ असोज २७ गते देखी पौष ९ गतेमा दुई वटा शौचालय, ५ वटा भवन गरी १० कोठा सम्पन्न भएर संचालन आएको उक्त विद्यालय अहिले प्रदेश नं. ५ को नमुना विद्यालयको रुपमा चिनिने गरेको पाहिन्छ् ।
उक्त विद्यालयको अवलोकन गरि सके पछि प्रदेश सभा सदस्यहरुले प्रधानाध्यापक गँगा शर्मा तथा अविभावकहरुलाई सम्मान तथा शुभकामना व्याक्र गर्दै कर्णाली प्रदेशमा पनि यस्तै नमुना विद्यालयको निर्माण गर्दा यस अवलोकनले धेरै कुरामा राहत समेत प्रधान हुने आशंका गरेका छन् ।

यस्तै प्रारम्भिक बाल विकासका लागि प्रदेश सभा सदस्यहरुको सहकार्य समन्वय समुह कर्णाली प्रदेशको संयोजक सिता नेपालीले उक्त विद्यालयलाई नमुना बाल बिकासको रुपमा चिनाउँनु भएकोमा भविभावक तथा शिक्षिकाहरुलाई धन्यवाद तथा सम्मान व्याक्त गरिन् । उनले भनिन ‘विद्यालयलाई नमुना विद्यालयमा चिनाउँनको लागि विभिन्न निकाय संगै अविभावक पनि त्यतिनै सक्रिय हुनु पर्ने बताइन् ।’

उक्त विद्यालयमा बाल विकास देखी कक्षा ५ सम्म अध्ययापन हुदै आएको छ, बालबालिकाका लागि शैक्षिक, सामाजिक तथा भौक्तिक समाग्रीहरुको व्यावस्थापन पुर्ण रुपमा गरिएको छ । उक्त विद्यालयमा शिक्षक सबै महिलामात्रै भएर पनि विद्यालय नमुना विद्यालयको रुपमा चिन्नि सफल भएको प्रधानाध्यापक गंगा शर्माले बताइन् । साथै उनले भनिन ‘सिभ द चिल्डे«नले दिएको तालिमलाई हामीले तत्काल प्रयोगमा ल्याई व्यावहारमा उतार छौं’, ‘साथै विद्यालयमा निस्किएका समस्याहरुलाई विद्यार्थी, शिक्षिका र अविभावकहरुलाई बार्डफाड गरेर समाधान गछौं ।’

२०७६ सालमा जनता बाल विकास केन्द्रमा अध्यानरत बालबालिका जम्मा २८ जना रहेका शिक्षिका मैसरी वि.कले जानकारी दिइन् । उनले भनिन ‘यो विद्यालय संचालनमा आएदेखी महिले नै अध्ययापन गराउँदै आएकी छु, पहिलेका बालबालिका भन्दा अहिलेका बालबालिकाहरु धेरै फरकरुपमा पढ्ने र बुझ्ने गर्दछन् र उनिहरुको पढाई पनि अबलनै रहेको छ ।’

तपाईको प्रतिक्रिया