साढे एक हजार मानसिक रोगी

सल्यान : सल्यान जिल्लामा बर्षेनी मानसिक रोगी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालका अनुसार त्यहाँ झण्डै साढे एक हजार मानसिक रोगी रहेका छन् ।

तथ्याङ्क अनुसार जिल्लामा अहिले एक हजार तीन सय २९ जना मानसिक रोगी रहेका छन् । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूको तथ्यांक अनुसार सन २०१६ मा तीन सय ५७ जना २०१७ मा दुई सय ९० जना र २०१८ मा छ सय ५२ जना रहेका छन् । मानसिक रोगको समस्या भएका ती नागरिकहरू अहिले पनि परामर्शमा रहेका छन् ।

आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका कारणले मानसिक रोगीको संख्या बढ्दै गएको सीएमसीको जनाएको छ । सल्यानमा सीएमसी पाँच स्थानमा रहेको स्थास्थ्य संस्थाहरुमा रहेर काम गरिरहेको छ । भने मानसिक रोगीलाई निःशुल्क परामर्श तथा नियमित उपचार सेवा प्रदान गर्दै आएको छ ।

जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले स्वास्थ्यकर्मीहरूसँगको परामर्शमा रहेका व्यक्तिबाहेक थुप्रै व्यक्तिमा रोग लुकाउने प्रवृत्तिका कारण यो समस्या बढी हुन सक्ने जानकारी बताए ।

तपाईको प्रतिक्रिया