सम्पादकीय : कर्णाली बदल्ने ‘पोड वे’ बन्न सक्छ

नेपालको कर्णाली बाहेकका स्थानमा गाली गर्न परो भने तँलाई कर्णालीको पाई परोस् भन्छन । कि त कुनै जिल्ला या प्रदेशको नाम लिएर त्यो ठाउँको कर्णाली भनेर नामाकरण गरेर कर्णालीलाई छुट्टै ढुङ्गे युगका या त छुट्टै ग्रहको काम नलाग्ने स्थान÷व्यक्ति भनेर परिभाषित गरेको पाउँछौं हामी ।

कति पटक सामाजिक सञ्जालमा कर्णालीलाई हेपेको भनेर पनि बहुत बहस हुन्छ । तर यसको पछाडीको रहस्य भनेको पहिलादेखी नै पिछडीएको, गरिव, उद्योग कलकारखाना बिहीन, रोजगारीको लागी कालापहाड गएर २ छाक जोहो गर्ने ठाउँ जहाँ यातायातका साधन जाँदैनन भौगोलिक विकटता छ । भन्ने रुपमा अगुवा भनौदाले परिभाषित गरेर अनुदान र भत्ता खाने बनाएर यो नामाकरण गरेका हुन ।

जसको परिभाषा बदल्न युग बदल्नुपर्ने छ, राम्रोको प्रचार ढिलो र नराम्रोको प्रचार छिटो हुन्छ सत्य कुरा यहि हो । स्वर्गको एकटुक्रा हो कर्णाली भनेर पहिचान गर्न नसक्ने लाचार नेतृत्व भएर यो कुरा बुझाउन गाह्रो भएको हो । मागेर खाने बानी परेका कर्णालीका नेतृत्वले आत्मसम्मानका साथ सानले हामी आफै सक्षम छौं भनेर पहिचान नगरेसम्म कर्णाली यसै भनेर बुझ्छन मान्छेहरु ।

के कर्णाली गाली गर्न र हेप्न नै प्रयोग हुन लाएक छ त ? स्थान विषेशलाई समेत यसरी हेपाहा प्रवृत्तिले हेर्ने कर्णाली वाहेकका नेपालीले देखे र बुझे सम्झे जस्तै छ त कर्णाली ? कि भने हामीले जसलाई अगुवा बनाएका छौं तिनै बाटो हगुवा भएर यसो भएको त होईन नि ? कहिल्यै तिनका आसेपासे र चम्चेहरुको गुदीमा यस्ता खालका बिचार आए होलान कि नहोलान ? सोचनिय विषय हो यो एउटा तर सोचिदिने कसले ? कसले बुझिदिने, कसले चिन्ता लिईदिने ?

माग्न पल्केका एनजिओ र आईएनजीओको नाममा झोली थापेर अनुदान र टुक्रे योजनाका नाममा कमिशन खान पल्केकाहरुले यो विषयमा के सोच्थे र ? यि सबै हुनु र अपमानित हुनुमा सबैभन्दा पहिलो कुरा हो सडक सञ्जाल अहिले पनि कर्णालीमा नहुनु मानिसहरु चाहेर पनि के हो कर्णाली भन्ने हेर्ने र घुम्ने अवसर नपाउनु ।

महङ्गो लागत गरिव प्रदेश प्रति किलोमिटर सडक सञ्जाल विस्तार गर्न नै अरवौँ रुपैयाँ लाग्नुले गर्दा पनि यसले चाँडै परिभाषा परिवर्तन गर्ने आशा राख्नु त्यति उचित त नहोला तर पनि पोड वे जुन थोरै लागतमा चलाउन सकिन्छ । त्यसतर्फ ध्यान दिएर प्रभावकारीता र कति सुरक्षित भन्ने कुरा एकिन गरेमा भने त्यो कर्णाली प्रदेशको लागी सार्वजनिक यातायातको राम्रो विकल्प बन्नसक्छ ।

बेलारुसमा करिब ४० वर्षदेखि सर्टिफाईड भएको प्रविधि हो पोड वे प्रति डिव्वामा ३ देखी ६ जनासम्म यात्रु चढ्न मिल्ने यो प्रविधि कर्णालीका लागी असाध्यै उपयोगी मात्र नभएर सार्वजनिक यातायातको स्थानमा पनि यसले काम गर्ने र मानिस मनोरञ्जनका लागी पनि केवलकार भन्दा सस्तो भएका कारण पनि यो प्रविधिले कर्णालीका सडक सञ्जाल नपुगेका र पुग्न पनि धेरै खर्च हुने ठाँउमा यसको प्रयोगले कर्णालीको यो परिचय सुधारमा मद्धत गर्ने पक्का छ ।

त्यसैगरी सार्वजनिक सवारी साधनको काम त यसले गर्छ नै यसले पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्छ । यसतर्फ कर्णालीका टाउकेहरुको टाउकोमा भएको गिदीमा सकारात्मक प्रकारका किराको बास होस् भगवानसङ्ग यही प्राथना छ ।

तपाईको प्रतिक्रिया