सम्पादकीय : जडिबुटी प्रशोधनमा छैन ध्यान

नेपालले आयात मात्र गर्छ । हाम्रोमा निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने चिजवस्तु केही छैन भनेर आर्थिक कार्यक्रममा रोईलो भैराखेको हुन्छ । तर यस आ.व.को विगतका नौ महिनामा नेपालगञ्ज नाकाबाटमात्र ७० करोड भन्दा बढीको जडिबुटी निकासी भएको छ । यो जडिबुटी कर्णालीमा उत्पादित बहुमुल्य कच्चा पदार्थ हो । जसलाई भारतका व्यापारीले सस्तो मुल्यमा खरिद गरेर यसलाई प्रशोधन गरी विभिन्न औषधीजन्य वस्तुहरु निर्माण गरेर हजारौं गुणा बढी नाफा लिएर फेरी त्यहिचिज नेपाललाई बेचेर नेपाली रुपैयाँ उसले लिन्छ । यसरी चिज हाम्रो तर पैसा भारतले कमाईरहेको कुरा सदियौंदेखि यही चलिरहेको छ ।

सरकारले आफूसंग भएको विणा चिन्न नसकेर त्यसको बास्ना सुघ्दै कुदेका कुदेई छ, न उ आप्mनो सुन्छ न आफ्नाको सुन्छ उ कहाँ छ भन्दै खोजेर हिडेको छ । अनि अर्बौं आर्जन गर्न सकिने जडिबुटी कौडीको भाउमा बाहिर बेचेर फुई लगाएको छ यति महिनामा यति करोडको निकासी गरेउ भनेर । कति औषधी किन्यो, कति सौन्दर्य प्रशोधनका सामाग्री आयात ग¥यो कहिल्यै हिसाव गरेन ? कहिल्यै त्यो विषयमा चिन्ता गरेन ? गयो त केवल नहुनेले केरा पायो, बोक्रैसित खायो भन्ने उखानको सार्थकता देखायो । सरकारको अस्पष्ट निति, भारतको झण्झटिलो प्रकृयाका बाबजुद नीजि व्यवसायीले भने आश मारेका छैनन । त्यसैको परिणाम हो यति निकासी हुनु पनि ।

न सरकारलाई आम नागरिक सुनको सिरानी हालेर नुनको खोजिमा हिडेकोप्रति चिन्तीत छ न त अमृतको अपमान गरेर विदेशी प्लाष्ट्रीक प्याकिङ चिज प्रयोग गर्दा यसलाई लज्जाबोध नै भएको छ ? छ त केवल आफ्नो देशको उत्पादनको अपमान गर्नु र सानसंग विदेशी उत्पादन प्रयोग गर्नु र उनीहरुलाई खुशी पार्नुमा गौरवबोध । टिमुर, रिठा, काउलो सबैभन्दा बढि निकासी हुने जडिबुटी अन्तर्गत पर्छन् जुन कर्णाली प्रदेश लगायतका नेपालका हिमाली जिल्लाहरुमा उत्पादन हुन्छन ।

यसलाई उनीहरुले लगेर औषधी, साबुन स्याम्पु लगायतका सौन्दर्य प्रशोधनका सामाग्री बनाउन प्रयोग गर्छन र ७० करोडमा लगेका जडीबुटी प्रशोधन गरेर पुन ः नेपाललाई त्यही चिज सामाग्रीको रुपमा ७० सय करोडमा बेचिन्छ । त्यहि सानसंग प्रयोग गर्छन नेपालीहरु । लाचार नेतृत्व भएको हाम्रो देशमा त्यो भन्दा बढि अपेक्षा पनि को सङ्ग गर्नु र ? ट्वाईलेट जाने भनेकै फोहोर चिज विसर्जन गर्न हो भन्ने कुरा राजनीतिमा ढोल पिटेर गएकाले पनि देखाईसकेपछी । आखिर जति बासनादार सानदार भएपनि प्रयोजन त्यही त हो रैछ ?

यसरी थुप्रै सम्भावना भएको कर्णाली प्रदेशको जडीबुटीलाई कच्चा पदार्थका रुपमा नभई त्यसलाई ठिक छ नेपालले औषधी बनाउन नसक्ला तर एक लेवलमा प्रशोधन गरे त १००० मा बिक्री हुने जडीबुटी ५००० मा बिक्री गर्न त सक्थ्यो नि हैन र ? निकासीमा सरकारी तवरबाट नै सहजीकरण गरेर आफ्नो देशमा उत्पादन हुने जडिबुटीहरु जुन लेवलमा देश भित्र्याउन तैं चुप मै चुप लागेर कवाडी सामान समेत सहज भित्र्याउन दिएको छ । त्यही अनुसार सरकारले नै सहजीकरण गरेर एक तहको प्रशोधन गरेर उचित मुल्य लिएर निकासी गरेमात्र पनि कर्णाली र देशको समृद्धीको सपना केही टाढा छैन ।

तपाईको प्रतिक्रिया