शीर्षस्थानको कोशीसँग गण्डकीको हार

समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ ।

सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो । छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । कोशी भने थप २ गोल गर्न सफल रहयो ।

५२औं मिनेटमा ममता रावतले कोशीको अग्रता दोब्बर गरिन् । त्यसपछि ९० औं मिनेटमा समिक्षाले व्यक्तिगत दोस्रो गोल गरिन् । लिग छनोटमा समिक्षाको यो चौथो गोल हो । उनले यसअघि सुदुरपश्चिम प्रदेश विरूद्ध पनि २ गोल गरेकी थिइन् । कोशीकी समिक्षा प्लेयर अफ दी म्याच घोषित भइन् ।

कोशीले पहिलो खेलमा कर्णालीलाई ३–० र दोस्रो खेलमा सुदूरपश्चिमलाई २–१ ले हराएको थियो । गण्डकीको भने यो दोस्रो हार हो । उसँग ३ अंक छ ।

तपाईको प्रतिक्रिया