एन्फा महिला लिग–२०२४ छनौट फुटबल प्रतियोगिता सुर्खेतमा हुँदै

यहि वैशाख ७ गते देखि हुने एन्फा महिला लिग–२०२४ छनौट फुटबल प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा हुँदै छ । उक्त प्रतियोगिता यहि वैशाख ७ गते देखि २० गते सम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको लागि सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बाग्मति प्रदेश, लुम्बीनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका टीम सहभागि भएका छन् ।

एन्फा सुर्खेत जिल्लाका अध्यक्ष रविन्द्र चन्दका अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र जिल्ला फुटबल संघ सुर्खेतको सह–आयोजनामा उक्त प्रतियोगिताका हुन लागेको जानकारी दिए ।

साथै प्रतियोगिता Single Rounfd Robin लिगका आधारमा संचालन हुनेछ । शिर्ष ३ टिम एन्फा महिला लिग २०२४ को दोस्रो चरणमा प्रबेश गर्नेछ भने दोस्रो चरण प्रवेश गर्ने टिमले आर्मी फुटबल क्लब, सशस्त्र फुटबल क्लब, पुलिस क्लब सँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया