एउटा गेमचेन्जर आयोजना

लुम्बिनी–रारा–मुगु सडक कामको कति अघि बढ्यो

सरकारले बुुद्ध जन्मस्थल लुम्बिनीबाट भारत र चीन जोड्नका लागि महत्वाकांक्षी योजना अघि सारेको धेरै बर्ष भएको छ । दक्षिणको छिमेकी मुलुक भारतको सीमानाबाट शुरु भएर उत्तरको छिमेकी मुलुक चीन जोड्ने गरी मार्ग बनाउने महत्वाकांक्षी योजनाको तयारी सरकारले थालेको थियो ।

यो राजमार्गका लागि गौतम बुद्धको जन्मस्थान लुम्बिनीबाट शुरु भएर दाङ, सल्यान, चौरजहारी, जाजरकोट, जुम्ला, पंका, रारा, मुगु हुँदै चीन जोड्ने लक्ष्य राखिएको छ । सडक अन्तर्गत रुकुम–जाजरकोट सडक खण्ड ५२ दशमलव ८ किलोमिटर नयाँ सडक निर्माणको प्रस्तावक सडक विभाग अन्तर्गत योजना अनुगमन तथा मूल्याङ्कन शाखा रहेको छ ।

लुम्बिनी–रारा–मुगु सडक (रुकुम–जाजरकोट खण्ड ५२ दशमलव ८ किलोमिटर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनमा राय सुझावको लागि सूचना सार्वजनिक गरेको र सडक विभाग, योजना अनुगमन तथा मूल्यांकन शाखाद्वारा स्तरोन्नती तथा नयाँ निर्माणका लागि प्रस्तावित लुम्बिनी–रारा–मुगु सडक (रुकुम–जाजरकोट खण्ड ५२ दशमलव ८ किलोमिटर) आयोजना राय सुझावका लागि मन्त्रालय अर्थ मन्त्रालयसँग बजेट माग गरि पठाएको सडक विभाग योजना अनुगमन तथा मूल्यांकन शाखा काठमाडौंका प्रवत्ता रामहरी थापाले बताए ।

‘अर्थले बजेट स्वीकृती दिदाँ साथ सडक विभागले काम अगाडी बढाउँछ ।’ उनले भने, ‘सबै बिषय पालना भइसकेको छन् । अब बजेटको आवश्यकतामा मात्र हो ।’ प्रस्तावित यो आयोजना जाजरकोट जिल्लाको कुशे गाउँपालिकाको वडा नम्बर ५ पाँचकटियाबाट सुरु भई कुशे गाउँपालिका वडा नम्बर ८ बेहुलीढुंगामा टुगिन्छ ।

आयोजना क्षेत्रका मुख्य वस्तीहरुमा पाँचकटीया, दम्दाला, ढिमे, खुर्पा, जहरगाउँ, समाकोट, नारे, छेडा र रातामाटा रहेका छन् । आयोजनाले विद्यमान माटो सतहको सडकलाई कालोपत्रे सडकमा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ ।

सडकको क्षेत्राधिकार मध्यविन्दुबाट दुवैतिर १५÷१५ मिटर, चौडाई आठ दशमलव पाँच मिटर, क्यारिविजेवे सात मिटर, काध चौडाई दुवैतिर सून्य दशमलव ७५ मिटर रहेको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्कन शाखाले जनाएको छ ।

मुख्य संरचनाहरुमा पाइप कन्भर्ट नौ सय मिटर व्यास भएका एक सय २४ वटा, ६ मिटर स्पान लम्बाइका आठ वटा स्ल्याव कल्भर्ट, पुल दुई वटा रहेको र प्रस्तावित आयोजनाका निमित्त ६३ दशमलव दुई हेक्टर जमिन आवश्यक पर्नेछ जसमध्ये स्थायी रूपमा ५८ दशमलव ७२ हेक्टर (वन क्षेत्र ४० दशमलव ६८ हेक्टर र निजी १८ दशमलव चार हेक्टर) प्रयोग हुने र अस्थायी रुपमा चार दशमलव तीन हेक्टर जमिन (वन क्षेत्र तीन दशमलव पाँच हेक्टर र निजी सून्य दशमलव आठ हेक्टर) आवश्यक पर्ने जुन स्वामित्वको आधारमा सरकारी वन क्षेत्र ४४ दशमलव १८ हेक्टर व्यक्तिगत स्वामित्वको १८ दशमलव ८४ हेक्टर आवश्यक पर्ने भनि प्रतिवेदनमा उल्लेख गरिएको सडक विभाग योजना अनुगमन तथा मूल्याङ्कन शाखाले जनाएको छ ।

यो आयोजनबाट एक सय ५५ घरधुरीका एक हजार दुई जना प्रभावित हुनेछन् । यिनीहरुको पेशाले कृषि, पशुपालन, तरकारी खेती दुध व्यापार जस्ता कार्य यिनीहरुको आयस्रोत रहेको आयोजनाले जनाएको छ ।
आयोजना बनाउनका लागि दुई वर्ष

यो आयोजना बनाउनका लागि करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ । यो बनाउनका लागि औसत ६ लाख ४३ हजार ३० श्रमशक्तिको आवश्यक पर्ने र जसका लागि दुई लाख १२ हजार छ जना दक्ष जनशक्ति र चार लाख ३१ हजार २४ अदक्ष श्रमशक्ति आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । यो आयोजनाबाट महिलाहरुले श्रममा भाग लिन पाउने उल्लेख गरिएको छ ।

कति छ निर्माण लागत
आयोजनाको वातावरणीय प्रभाव मूल्यांङ्कन (इआइए) अनुसार यो आयोजनाको निर्माण लागत ३० करोड ५६ लाख अनुमान गरिएको छ । यस योजनामा आवश्यक कार्यको विवरण, उपकरण, कार्यान्वयनको जिम्मेवारी र अनमुामनत लागत हो ।

यो आयोजना प्रभाव न्यूनीकरणका लागि खर्च हुने कार्यहरुमा क्षतिपुर्ति बृक्षारोपण, सडक सूरक्षाका लागि बायोइन्जिनियरिङ संरचना निर्माण, पानी, ध्वनी तथा वायुको गुणस्तर परीक्षण, सिचाँइ कुलो, जस्ता संरचनाहरुको निर्माण र पुर्नस्थापना आदी रहेका छन् ।

जाजरकोट–जुम्ला सुरुङमार्गः सम्भाव्यता अध्ययन सुरु
जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण गर्ने तयारी रहेको छ ।

यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी) ले सूचना जारी गरिसकेको र सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने जुम्ला तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई बताए ।

‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो ।’, उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।’

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूव पूर्वमन्त्री बस्नेतले बताए ।

हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएको आएको र अहिले त्यो काम पनि पुरा भएको कर्णाली प्रदेशका पूर्व जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेसप्रसाद सिंहले बताए ।

‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले काम गरिसकेको छ ।’ उनले भने,‘जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिनेछ ।’ यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्लाहुँदै रारा जोड्ने छोटो बाटो हुनेछ ।

तपाईको प्रतिक्रिया