एमाले रुकुम पश्चिमको अधिवेशनको तयारी पूरा


नेकपा एमाले रुकुमपश्चिमको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशनको बारेमा जानकारी दिन बिहिवार पार्टी कार्यालय बागबजारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नन्दराम देवकोटाले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

उनले पार्टीको नवौं जिल्ला अधिवेशन चैत १६ गते उद्घाटन हुने र १७ गते बन्दसत्र हुने तथा अधिवेशनको उद्घाटन पार्टीका उपााध्यक्ष युवराज ज्ञवालीले गर्नेे जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जानकारी गराए । उनले अधिवेशनबाट सकभर सर्वसम्मत नेतृत्व चयन हुने, नभए चुनावी प्रक्रियामार्फत नेतृत्व चयन हुने बताए ।

अधिवेशनमा करिब ३५० जना प्रतिनिधि सहभागी हुने र प्रतिनिधि छनौटको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटन सत्रअघि ¥याली निकालिने र पार्टी कार्यालयमै उद्घाटन सत्र हुने कार्यक्रम तय गरिएको छ ।

पार्टीको विधान अनुसार तीन वर्षे कार्यकाल हुनेपर्ने भएतापनि पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटको निश्कर्ष र पार्टी केन्द्रको सर्कुलेशन अनुसार देशभरका जिल्ला कमिटीको अधिवेशन हुन थालेको बताइएको छ । यस अघि कर्णाली प्रदेशको मुगु, दैलेख र सुर्खेतले जिल्ला अधिवेशन सम्पन्न गरिसकेका छन् ।

पार्टीका जिल्ला सचिव शशिराम नेपालीले सञ्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य कर्णबहादुर ओली लगायतका जिल्लाका नेता कार्यकर्ताको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया