नेपाल लाईफद्वारा मृतकका परिवारलाई बीमा रकम हस्तान्तरण


सल्यानको बनगाड कुपिण्डे नगरपालिका१,सल्लिबजारका बिमित मृतक रमेश पौडेलको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स बिमांक रकम हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका विच बीमा कम्पनि सल्लिबजार उपशाखाले ३ लाख ११ हजार ५ सय ५० रुपैयाँ मृतकको श्रीमति सावित्रा पौडेललाई उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बनगाड कुपिण्डे सल्लिबजार उपशाखाले मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गर्दै बीमा कम्पनीका विषयमा समेत प्रष्ट्याउने काम गरिएको थियोे ।

मृत्यु दावि भुक्तानी रकम हस्तान्तरण कार्यक्रम नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारी, तालिम बिभाग प्रमुख रोजेश बस्नेत सल्लि उपशाखा प्रमुख प्रकाश शर्मा लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियोे । जीवन क्षती न्युनिकरणका निम्ति बीमा निकै महत्त्वपूर्ण चिज भएको समेत औंल्याएको छ ।

तपाईको प्रतिक्रिया