मुगुमा जिप दुर्घटना २ जनाको मृत्यु ४ घाइते

बिमल हमाल ।
जिल्ला सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोट तर्फ जादै गरेको बोलेरो जिप कच्यागाउँ नजिकै दुर्घटना हुदा २ जनाको मृत्युु भएको छ । भने ४ जना घाइते भएका छ्न ।

बुधबार अन्दाजी ४ बजे तिर कर्णाली प्रादेश ०२(००१ ज ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिका(६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालक सहित दुई जनाको घटना द्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चालक कबिराज नेपाली र नाम पहिचान नभैसकेकी एजजना महिला रहेकी छ्न । भने घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली९२८०, हिरादिङ्ग नेपाली र बर्ष २२ को प्रेम नेपाली रहेका छ्न ।

घाइते मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको छ । घाइते चार मध्य सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागी प्रहरीले उद्दार गरि मुगु जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको छ । दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर भन्दा बढी तल खसेको थियो ।

तपाईको प्रतिक्रिया