विपद व्यस्थापन सम्बन्धी सचेतनामुलक कार्यक्रम

जिल्ला प्रहरी कार्यालय सुर्खेतले समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा विपद व्यस्थापन सम्बन्धी अन्तर्गत सचेतनामुलक कार्यक्रम गरेको छ ।
बुधबार अस्थायी प्रहरी पोष्ट जहरे सुर्खेतबाट प्र.स.नि.चन्द्र बहादुर नेपालीको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिई जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.९ स्थित सानोजात्री टोलमा टोल विकास संस्थाका अध्यक्ष खिम कुमारी वि.क.को संयोजकत्वमा लागुऔषध न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा स्थानिय समाजसेवी, वुद्धिजिवी, व्यापारी र सर्वसाधारणहरु गरी १५÷२० जनाको उपस्थिति रहेको थियो । यसैगरी प्रहरी चौकी मालारानी सुर्खेतबाट प्र.ब.ह. द्वारीका प्रसाद चौधरीको कमाण्डमा २ जनाको प्रहरी टोली खटिई जिल्ला सुर्खेत नगरपालिका वडा नं.२ स्थित खरीगैरा टोलमा पनि कार्यक्रम गरिएको छ ।
यस्तै लेकबेशी नगरपालिका वडा नं.१ छोटे स्थित भेरी नदीमा जिल्ला विपद व्यवस्थापन समिती सुर्खेतको आयोजनामा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको प्रमुख आतित्थ्यतामा भएको हो ।
भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, लेकवेशी नगरपालिकाका प्रमुख उमेश कुमार पौडेल, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक राज कुमार श्रेष्ठर, नेपाली सेनाका सेनानी प्रकाश कुमार गिरी, रेडक्रस सोसाईटीका सभापती रामलाल आचार्य, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु र स्थानिय सर्वसाधारणहरु सहभागि रहेका थिए ।
तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी द्वारा विपद पुर्व तयारी तथा प्रतिकार्य कृतिम घटना अभ्यास (पानीमा डुबेको उद्धार) कार्यक्रम गरिएको प्रहरी निरीक्षक कृष्ण  बहादुर खड्काले जानकारी दिए ।
तपाईको प्रतिक्रिया