कर्णालीको खेल पोशाक राष्ट्रिय खेलकुद परिषदमा दर्ता


कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीका खेलाडीको लागि तयार पारेको खेल पोशाकलाई राष्ट्रिय खेदकुद परिषदमा औपचारिक रुपमा दर्ता गराएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा खेल पोशाक दर्ता गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको इतिहाँसमा पहिलो पटक खेल पोशाक कर्णालीले दर्ता गरेको भन्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले यो एक ऐतिहाँसिक काम भएको बताए । ‘राष्ट्रिय खेलकुद परिषदको इतिहासमा यो नौलो भएको छ खेल पोसाको महत्व के हो ? भन्ने कर्णालीले राम्रो नजिर स्थापित गरेको छ,’ ‘राखेप सदस्य सचिव घिसिङले भने,’ ‘त्यसको लागि कर्णाली प्रदेश सरकार कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई धन्यवाद दिन चाहान्छु । खेल पोसाकले खेलाडीलाई एक स्प्रीड त कायम गर्छ नै त्यसमा पनि यो खेल पोसाकले कर्णालीको पहिचानलाई समेटेको छ । यो खेल पोसाक लगाउने कर्णालीका खेलाडीहरुलाई बधाइ दिन चाहन्छु ।’

कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णाली प्रदेशले दर्ता गराएको खेल पोशाक कर्णालीका खेलाडीहरुले राष्ट्रिय प्रतियोगिता र अन्तर प्रदेश प्रतियोगितामा लगाउन मिल्ने बताए । ‘अब कर्णालीका खेलाडीहरु राष्ट्रिय स्तरको प्रतियोगितामा देखिदा आफ्नो पहिचान सहितको पोशाकमा देखिने छन्,’ ‘सदस्य सचिव संज्यालले भने,’ ‘यसले कर्णालीको पहिचान मात्र होइन पर्यटनलाई समेत प्रबद्धन गर्ने छ ।’

९ औं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आउदा राष्ट्रिय खेलकुद परिषदले ७ प्रदेश र ३ विभागिय टिमलाई एक द्वार प्रणालीबाट एउटै खालको पोशाक वितरण गर्ने गरेको भन्दै सदस्य सचिव संज्यालले देश संघीयतामा गइसकेपछि राष्ट्रिय खेलकुद परिषदले अब त्यस्तो गर्न नहुने बताए ।

‘तीन विभागिय टिम र सात प्रदेशले खेलाडीको पोशाक रंग आफ्नो–आफ्नो बनाउनु पर्छ । भोलि एक प्रदेशको कलर अर्को प्रदेशसँग मिल्नु भन्दा अहिले देखि नै आफ्नो–आफ्नो पोशाकको कलर बनाए आउने दिनमा सजिलो हुन्छ,‘सदस्य सचिव संज्यालले भने,’ ‘अहिले कर्णालीले दर्ता गराएको पोशाकको कलर भने अब अन्य प्रदेशले वा विभागिय टिमले बताउन पाउने छैनन् ।’

सरकारी कर्मचारी ,नेपाल प्रहरी, बैंकका कर्मचारी सबैको कोड हुने गरेको र कर्णाली प्रदेशका खेलाडीहरुको लागि पनि आफ्नो छुट्दै कोड बनाएको उनलको भनाइ छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका २०७९ को परिच्छेद ५ को दफा १६ मा उल्लेख भए बमोजिमको खेलाडी पोशाक प्रयोजनार्थ आगामी बर्ष मिति २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि र राष्ट्रपति रनिङ शिल्ड संचालन सम्बन्धि निर्देशिका २०७०को परिच्छेद ३ को दफा १२ को उपदफा ११ वमोजिमको खेलाडी पोशाक प्रयोजनार्थ आफ्नो खेल पोशाक दर्ता प्रक्रियाको लागि राष्ट्रिय खेलकुद परिषदलाई अनुरोध गरेको थियो ।

कर्णाली प्रदेशले दर्ता गराएको खेलाडी पोशाकको नमुना

१. खेलाडी गेम जर्सिः कर्णालीमा पाईने बहुमुल्य जडिवुटी यार्सागुम्बा, दुर्लभ जनावर याक र
धार्मिक पर्यटकीय क्षेत्र हिमाल, रारा, पंचदेवल, काँक्रेविहार र कर्णाली नदिको चिनारी अंकित
निलो आकाशे रंग र रातो नेपाली झन्डा रंग मा २ वटा गेम जर्सि सेट।

२. खेलाडी मार्चपास पोसाकःकर्णालीमा उत्पादन हुने अल्लो तथा भाँगोको रेशाबाट
आफ्नो मौलिकताको सफारि सुट, ह्याट र बेल्ट सेट ।

तपाईको प्रतिक्रिया