कृषि कर्ममा रमाउँदै श्याम पुरी

तरकारी उत्पादन गरेर मात्र नि भएन बजारमा तरकारीको भाउ पनि हुनु प¥यो । अहिले च्याउ प्रतिकेजी दुई सय ५० रुपैयाँ, काउली ६० रुपैयाँ र टमाटर ५० रुपैयाँमा विक्रि वितरण गरिरहेको कृषक पुरीले बताए ।


सुर्खेतको वीरेन्द्रनगर–३ मा बस्दै आएका श्याम पुरी वीरेन्द्रनगर–३ मुलपानीमै लामो समय सम्म कृषि खेती गर्दै आएका छन् । दैलेखको गोगनपानीमा ५ बर्षसम्म एगा्रेभेट सञ्चालन गरेर बसेका पुरी वीरेन्द्रनगर–३ मुलपानीमा आएपछि यहाँको प्रसस्त पानी र खाली जमिन देख्दा कृषि खेतीप्रति उनको इच्छा पनि जाग्यो र उनी मुलपानीमै कृषि खेती गर्न थाले ।

पुरीले सुर्खेतको मुलपानीमा कृषि खेती गर्न थालेको २०७० सालदेखि नै हो । उनको घर पहिले दैलेख थियो । सशस्त्र द्धन्द्ध सङ्कट कालको बेला २०५७÷५८ साल तिर उनी सुर्खेत आएका थिए ।


उनले वीरेन्द्रनगरमा आएपछि श्याम फेन्सी पसल पनि चलाए । १२ वर्ष जति उनले फेन्सी पसल पनि सञ्चालन गरे । उनको मनमा थियो कि सुर्खेत आएर पनि राम्रो पानीको सुविधा हुने ठाउँ पाए कृषि नै गर्छु भन्ने । मनमा त्यहि सोचले गर्दा पनि उनले खेती गर्न लायक जग्गा हेर्न थाले । २०७२ सालमा वीरेन्द्रनगर–३ मुलपानीमा सात कठ्ठा जग्गा लिएर कृषि गर्न थालेका पुरीले अहिले भने डेढ विगाह जग्गामा सिजन अनुसारको तरकारी खेती गर्दै आईरहेका छन् । उनको लागि मुलपानी सोचेको जस्तै ठाउँ पनि भयो । उनले भने, ‘यस ठाउँमा पानी प्रशस्त पाइने भएकोले पनि मुलपानी भन्ने नाम राखिएको हो । यस ठाउँको विशेषता नै यहि पानी हो ।’

कृषिमा विभिन्न खेती गर्न सकिने भएको पुरीले सिजन अनुसारको काउली, ब्रो काउली, बन्दा, च्याउ, टमाटर, चिचिन्डा, करेला, लौका लगायतको खेती गर्दै आएका छन् । उनले सुरुमा तीन लाख रुपैयाँको लगानीमा च्याउ खेती गर्न सुरु गरिएको बताए ।

च्याउ खेती गर्दा मानिस धेरै चाहिने, डल्ला पार्नुपर्ने र दाउरा नपाउँदा समस्या हुने गरेको उनले बताए । अहिले उनको कृषि फर्ममा चार जना पुरुष र ६ जना महिला पनि राखिएको छ । च्याउ हेर्दा सजिलो भएपनि उत्पादन गर्नमा भने अलि झन्झटिलो भएको पुरीको अनुभब छ । च्याउ उत्पादन गर्दा पराल धेरै लाग्ने, पराल टुक्राउन पनि धेरै मान्छे लाग्ने गरेको पुरीले बताए । उनको अहिले च्याउका तीन वटा टनेलहरु रहेका छन् ।

श्याम पुरी कृषक मात्रै नभएर कृषकहरुलाई कृषि सम्वन्धी जानकारी पनि दिन्थे । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले उनलाई केही अनुदान दिएपछि केहि राहत मिल्यो । तरकारी उत्पादन गरेर मात्र नि भएन बजारमा तरकारीको भाउ पनि हुनु प¥यो । अहिले च्याउ प्रतिकेजी दुई सय ५० रुपैयाँ, काउली ६० रुपैयाँ र टमाटर ५० रुपैयाँमा विक्रि वितरण गरिरहेको कृषक पुरीले बताए ।

उनले भने, ‘सामान्यतया च्याउ भन्ने वित्तिकै हामीलाई छाता जस्तो आकारको जमिन वा मक्किएको पराल वा काठमा उम्रिने हुर्किने भन्ने लाग्दछ । च्याउ एक प्रकारको वनस्पति नै हो । यो सेतो धागो जस्तो ढुसीबाट विकसित हुँदै पछि गएर च्याउको आकार लिन्छ । च्याउलाई ढुसीको पूर्णरुप पनि भनिन्छ । त्येसैले च्याउ खेती गर्दा सरसफाईमा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।’

पुरीले च्याउ तयार गर्दा २० देखि २५ डिग्रिसम्मको तापक्रममा बनाउन सकिने, विशेषगरी असोज–कार्तिकको समयमा राख्दा यो च्याउ राम्रो हुने पुरीले बताए । गर्मी दिनमा २०÷२५ दिनमा तयार हुन्छ भने जाडो दिनमा एक डेढ महिनामा खानलाई तयार हुने र यो च्याउ बाह्रै मासे उत्पादन गर्न सकिने पनि पुरीले जानकारी दिए ।

बाटोमा हिड्दै गर्दा फर्म, टनेल देख्दा गाडी रोकेरै भएपनि उनी फर्म, टनेल हेर्न जान्थे । तरकारी उत्पादन गर्दा भएका फाइदा, बेफाइदा, झमेला बारे उनी सोच्थे र कसरी उत्पादन गर्न सकिन्छ भन्ने बारे खुलदुली हुन्थ्यो । यहि खुलदुली कृषि गरेर पुरी मेटाउँन चाहन्थे ।

बार्षिक करिव ३० लाखको च्याउ विक्रि


श्याम पुरीले बार्षिक करिव ३० लाख रुपैयाँको च्याउ मात्रै बेच्ने गरेको बताए । च्याउ बनाउनका लागि पराल मात्र तीन लाखसम्मको किन्ने गरेको उनले बताए । वार्षिक रुपमा कृषिबाट २० लाख आम्दानी हुने गरेको उनको भनाई छ ।

आर्थिक बर्ष २०७९÷०८० मा कृषि विकास निर्देशनालयको ५० प्रतिशत र आफ्नो ५० प्रतिशतमा एक लाख ४० हजार रुपैयाँ लगानीमा प्लास्टिक टनेल निर्माण गरेको उनले बताए । उनले ७ लाख जति अनुदान कृषि विकास निर्देशनालयबाट पाइसकेका छन्, भने आफ्नो मात्र लगानी ५०÷६० लाख गरिसकेका छन् ।

कृषि क्षेत्रमा लाग्दा
कृषि क्षेत्रमा लाग्दा पोषिलो तरकारी खान पाउने, कृषि कर्म गर्दा विभिन्न रोग सुगर, प्रेसर जस्ता रोगबाट बच्न सकिने जस्ता फाइदा पनि छन् । श्याम पुरी आफ्नो पेशा प्रति निकै खुशी भएको बताए । रातको समयमा घरमा सुत्न गएपनि बिहान हुने बित्तिकै उनी आफ्नो फर्म तिर नै जाने गरेकोमा अहिले भने फर्म नजिक नै बस्ने गर्छन् ।

रातभरिको सितले तरकारीको पातमा चलचल सितको थोपा चल्केको देख्दा हेरिरहन र रमणीय लाग्छ । अहिले श्याम पुरी ५० वर्षको भए । आफ्नो तागत भएसम्म कृषि मै रमाउँने उनले बताए । पहिले भन्दा अहिले केहि मात्रामा सहज भने भएको छ । अझ सेवा सुविधा भए बुढेसकालसम्म पनि कृषि गर्न सजिलो हुने उनको भनाई छ । श्याम पुरी फर्मबाट अहिले बजारसम्म तरकारी पु¥याउनु पर्ने हुन्छ तर फर्मबाट नै तरकारी वितरण गर्ने सुविधा बुढेसकालसम्म भएपनि हुन्थ्यो भन्ने उनको इच्छा भएको उनले बताए ।

२०७६ सालमा ब्रो काउली एउटा पाँच केजीसम्मको फलाएका थिए । त्यसबेलामा उनले २५ हजार ब्रो काउलीका विरुवा लगाएका थिए । जुन सोचे भन्दा बढि नै उत्पादन पनि भयो तर ब्रो काउलीले बजारको माग, भाउ भने त्यस बेला पाउन सकेन् । पुरीले भने, ‘नेपालकै पहिलो एउटा किसान, जसलाई मैले घासँकै रुपमा भैसीलाई ब्रो काउली खुवाउँनु प¥यो ।’

माघको महिनामा पानी परेको कारण चिसोले बिग्ररिएको बताए । बजारको माग त्यस बेला पाँच क्वन्टल थियो । पानी परेको भएर पनि बजारमा माग नआएको बताए । जसबेला कृषि खेती गर्दा गर्दै चिन्ता जागेको पुरीलाई कुषि पेशा भने छोड्न नमानेको उनको भनाई छ । आफ्नो जीवन कृषिमै विताउने उनले बताए । उनले आफुले उत्पादन गरेका तरकारी कर्णालीका कालिकोट, जुम्ला, जाजरकोट, रुकुम पश्चिमसम्म जाने गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया