खरायोको टोपी बेचेर भण्डारीले गरे पन्ध्र लाख बचत

जुम्ला, २ माघ ।
जुम्लाको चन्दननाथ नगरपालिका–८ जातिभिड गाउँका ३४ वर्षका कालिबहादुर भण्डारी पेसाले शिक्षक हुन । उनी उक्त वडामा पर्ने भैरब माध्यमिक विद्यालयमा शिक्षण गरिरहेका छन् । भण्डारी, प्रावि तहका राहत शिक्षक हुन् ।अहिले उनी शिक्षण पेसामा लागेको ११ वर्ष पुरा पुगेको बताउँछन् । तर, कालिबहादुर गाउँमै एक नमुना खरायो पालक किसान हुन् ।

उनका अनुसार भण्डारीसंग अहिले पनि ५५ वटा खरायो छन् । सबै अंगुरा जातका छन् । साथै उनले, खरायोको ऊनबाट टोपी बुन्छन । उक्त टोपी जातिभिड गाउँको पहिचान र जिल्लाको शाहान बनेको छ । हरेक घरमा खरायो पालिएको छ । १ सय ६३ घरधुरी छन् । सबैको घरमा २० देखि ३० वटासम्म खरायो पालिएको छ ।

खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । भण्डारीले खरायो पाल्न थालेको २२ वर्ष बित्यो । उनले चारवटा खरायोको ऊनबाट एउटा टोपी बुन्छन । उनको घरबाटै ३ हजार ५ सय रुपैयाँमा बेच्छन् । ग्राहकले फोन गरेर, अर्डर गरेर हैरान गर्छन् । उनी पनि ग्राहकको चित्तबुझ्दो गरी सीप देखाउने गरेको बताउँछन् ।

पहिला भण्डारी नमुना काजमा कोर्ने गर्छन् पछि ग्राहकलाई देखाएर टोपी तयार पार्छन् । एउटा टोपी तयार हुन दुई दिन लाग्छ । म १४ वर्षको उमेरदेखि उनले भने, निगालोको सुइन बनाएर फाटाटुटा स्वीइटर च्यातेर धागोबाट पञ्जा, मोजा र टोपी बुन्ने गर्थें । ‘घरमा बुबाले बुनुहुन्थ्यो पछि बुबाले, राम्रोसँग टोपी बुन्ने सीप सिकाए ।’ कक्षा–८ पढ्ने बेलादेखि सिकेको बताउँछन् । पहिलो पटक खरायोको ऊनबाट टोपी बुने, अहिले अरुलाई पनि सिकाउने गर्छन् ।

त्यो टोपी ५ सय रुपैयाँमा विक्री भएको थियो । पहिलो पटक खरायोको टोपी बजारमा लैजान पाउँदा खुसी भएका उनले लगातार बुने काम गरेपछि व्यावसायिक रूपमा खरायो पालनमा लागेको भण्डारीको भनाई छ ।

भण्डारीको आम्दानीको बलियो स्रोत नै खरायोको टोपी बनेको छ । एक महिनामा ६ देखि ७ वटा टोपी तयार पार्छन् । यसबाट मासिक न्यूनतम २५ हजार रुपैयाँ कमाउँछन् । भने, बार्षिक दुई लाख ५० बढी रुपैयाँ कमाउँने गरेको बताए । अहिले कालिबहादुरको टोपी बेचेको १५ लाख रुपैयाँ बैंकमा मौज्जदात छ । केही दुःखकष्ट नगरी मोटो रकम बुझ्न पाउँदा निकै खुसी प्रकट गर्छन् । भण्डारी भन्छन, ‘मेरो शिक्षण पेसाको मासिक ३४ हजार ९ सय १ रुपैयाँ आउँछ । त्यो सबै घर खर्च नुन, तेल र बच्चाबच्चीको स्कुल खर्च, लत्ताकपडा त्यही रकम चलाउने गरेको छु’ उनले सुनाए ।

घरमा ९ जनाको परिवार छ । अर्कासंग ऋण माग्नुपरेको छैन । शिक्षण पेशा भन्दा पनि टोपी बुन्नु सीपबाट आफुलाई बढी सन्तुष्टि मिलेको छ । उनी सुनाउँछन् सीप भए, कसैको आस मान्नु पर्दैन । गाउँमा आउने आगन्तुक गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाई तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ ।

अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ । जुम्लामा बुनेको टोपी प्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष केपी ओली र काग्रेस सभापति शेरबहादुर देउवासम्म पुगिसकेको छ ।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । ‘टोपीको माग सबैतिर छ । तर मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ,’ उनले भने । सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् ।

तपाईको प्रतिक्रिया