खगेन्द्र हेडसर एक बर्ष जेल र यातनापछि‍‍‍….

धुर्व अधिकारी/ब्यक्तित्व चर्चा

खगेन्द्र सर (खगेन्द्र थापा) सुर्खेतको सन्दर्भमा एक परिचित नाम । हाल अमरज्योति माविको हेडसर । पञ्चायतकालिन समाजबादी यात्राको लागि लड्ने सचेत यात्री । विद्यार्थी जीवनको आन्दोलनकारी । अँग्रेजी साहित्य र अँग्रेजी भाषाको शिक्षक । करिब एक वर्ष जेलजीवन र यातना खेपेको मान्छे । आन्दोलन गर्दै गर्दा सायद कुनै संगठनमा हुनुहुन्थ्यो होला । सँगैका कति साथीहरु राज्यको नीति बनाउने ठाँउमा पुगे पनि होलान् । कतिले सम्झिन्छन् होला । कतिले विर्से पनि होलान् । कतिले सम्झेर पनि विर्सन्छन् होला ।

अनिता कोइराला दिदि र बालाराम शर्माले बेलाबेला उहाँका जेल जीवनका कुरा गरेको याद आउँछ । पछि खै कसरी शैक्षिक जगतमा पुग्नु भएछ । रहर थियो वा वाध्यता त्यो त मलाई पनि थाहा भएन । शैक्षिक जीवनमा करिब अढाई दशक शतिसाल झैँ उभिएको एक स्तम्भ । विगतमा एसएलसि परीक्षा हुने बेला परीक्षा मर्यादित बनाउन लागि पर्ने व्यक्तिको रुपमा उहाँ चिनिनुहुन्थ्यो । खगेन्द्र थापा, यामलाल कँडेल र डिल्ली उपाध्यायले अत्यन्तै टाइट गरेर परीक्षा मर्यादित बनाउँछन् रे भन्ने पनि सुनिन्थ्यो । सरको विगतमा विभिन्न पत्रिकामा लेखहरु पनि लेख्ने बानी थियो । अहिले त व्यस्ताले नै होला लेखहरु भेटिदैनन् । उन्नीस दिने जनआन्दोलनमा ुदाससरसँगको आन्दोलनका दिनु शीर्षक रहेको लेख बेलाबेला सम्झिन्छु । अनि घण्टाघर नजिक दाससरलाई सम्झाइ बुझाइ गरेको पनि याद आउँछ । राजनीतिक रुपमा सचेत हुनुहुन्छ ।

आज कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा सकेर एक छिन कुराकानी भयो । आज स्थायी शिक्षण सेवा प्रवेशको पनि विस वर्ष पुगेछ भन्नुभो । अलि फरक अनुभूति भयो । दिनहरु छिट्टै जाने रहेछन् । म पनि अमरज्योति प्रवेश गरेको चार वर्ष भएछ । हुन त जागिरे जीवनमा विस वर्षको एक छुट्टै मान हुन्छ । अवकास भए पनि राज्यले पाल्छ । तर उहाँले जागिरे जीवनमा जागिरे मानसिकताले मेरा चारवर्षका उहाँसँगमा सहयात्रामा कहिल्यै सोचेजस्तो लाग्दैन । उहाँको स्वभावमा सधैँ सत्यता स्पस्ट झल्किन्छ । सत्य तितो हुन्छ तर यथार्थ हुन्छ । त्यसैले उहाँको स्वभाव कसैलाई अमिलो लाग्छ होला अनि कसैलाई गुलियो पनि । कसैलाई तितो लाग्छ होला त कसैलाई पिरो पनि । तर सत्य यो हो कि बोली चर्को, भावना कोमल । मेरो सहयात्राको अन्तरआत्माले यही भन्छ ।

उहाँको नियमित अध्ययन र डायरी लेखन । उहाँको अन्तरजीवनका धेरै आख्यानहरु त मलाई पनि थाहा छैन । तर शैक्षिक समुदायका दुखलाई बुझ्ने राम्रो कला छ । मेरा चार वर्षका हेराइमा अमरज्योतिमा सिभिल इन्जिनियरिङ र जियोमेटिक्स अफ इन्जिनियरिङ सञ्चालन भइरहेको छ । धेरै भवनहरु बने । नेतृत्व उहाँ कै हो । कोभिडको बेला देश चिरनिद्रामा भएको बेला अमरज्योतिको पढाई राष्ट्रिय समाचार बन्यो । पेशागत संघ संगठनबाट पनि शिक्षक तालिम र प्रस्तुतिकरणका धेरै अभ्यासहरु भए । कोभिडको बेला मैले झाँपा प्रस्तुतिकरण गरेको थिएँ । शिक्षण पेशालाई सुन्दर र सिर्जनात्मक बनाउन अहोरात्र खटेको देख्छु । उहाँको जीवनको केन्द्रमा अमरज्योति छ ।

प्रत्येक कक्षामा कक्षा संयोजक र उहाँहरुको सहयोगले फिल्मको हिरोको भूमिकामा रहेको कुरा बेलाबेला आफैँ गर्नुहुन्छ । हुन पनि सार्वजनिक विदा, शनिबार पनि हामीहरुलाई खासै थाहा हुँदैन । विभिन्न कक्षामा मिसन एटिले शिक्षकलाई थप जिम्मेवार बनाएको छ । बेलाबेला राती अबेर सम्म स्वयंसेवी भएर विद्यालयमा नै बसेर काम गर्दा पनि रमाइलो नै अनुभूति हुन्छ । त्यो बनाउन सक्ने कला हेडसरमा छ । विद्यार्थीलाई पनि भन्नुहुन्छु तिमीहरु नलड्नु । पछि के थाहा सम्धिसम्धिनी पनि हुन सक्छौ । ठट्यौलि शैलीमा रमाइलो प्रस्तुती गर्ने बानी छ । बुढापूरानाको कुरा पनि मान्नु पर्छु घोकन्ति विद्या धावन्ती खेति तिमी वाक्चे वोट होइनौ, तिमी त फल दिने बोट बन्नुपर्छ । तिमी भरिया र गोठाला बन्ने होइन । तिमी त नेतृत्व लिने नेता बन्ने हो । देशको व्यथा बुझ्नुपर्छ । आफ्ना कथा बुझ्नुपर्छ । यस्तै धेरै कुरा विहानीको प्राथना समयमा हेडसरले भन्नु भनेको बेलाबेला याद आउँछ ।

अब समयले मागेमा सामुदायिक र सामाजिक नेतृत्वको लागि पनि तयार हुनुपर्छ जस्तो लाग्छ । किन कि अहिले राजनीतिक छताछुल्ल छ । समाज विकासको गतिमा व्यवधान देखिन्छ । न त शिक्षा बुझ्ने नेतृत्व भए जस्तो लाग्छ न त शिक्षक । एउटा सानो समस्या सुनाउने ठाँउहरु पनि सकिए जस्तो लाग्छ । त्यसैले विगत बनाएका परिदृष्यहरु नै समाजमा उभिँदा समाजले देख्न सक्छ । तर अझैँ अमरज्योतिमा विमानस्थल विस्तार, डिजिटल विद्यालय लगायतका धेरै कामहरु सरकै पालामा हेर्न मन छ । सघाउने छु ।
विसौँ शिक्षण सेवाको हार्दिक शुभकामना आदरणिय हेडसर खगेन्द्र थापा ।

तपाईको प्रतिक्रिया