संघर्षवान् धनसरा

कल्पना ढेङ्गा मगर, सुर्खेत ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका जन्मिएकी धनसरा सापकोटा वीरेन्द्रनगरमा वस्न थालेको करिव २६ वर्ष भयो । उनी सात वर्षको हुदाँ उनको बुवाआमाले उनलाई पश्चिम सुर्खेत गुटु घर भएका ओम प्रकाश सापकोटासगँ विहे गराईदिएका थिए । उनलाई त्यस बेलाका घटनाहरु त्यति यादँ छैन । सात वर्षमा विहे गर्दाको पीडा उनी सम्झन पनि चाहादैनिन् ।

बुवाआमाले छोरी महिनावारी भएपछि आमाबुवाले छोरीको खुट्टाको जल खादैनन् भनि विहे गराइदिएका थिए । त्यो समयमा छोरी महिनावारी भएपछि विहेगरी गएका छोरीज्वाईको जल नखाने चलन थियो । ‘सानै उमेरमा विहे गर्दाको पिडा सझिदाँ अहिले पनि धुरुधुरु रुन मन लाग्छ’, धनसरा सापकोटा भन्छिन् ।

त्यसबेला खानाखादाँ एकसरो कपडामा खानुपर्ने, भान्सामा बस्न नपाइने जस्ता पीडाले उनको मन पोल्ने गथ्र्यो । धनसरा आफ्नो श्रीमानसँग दुई वर्ष सम्म बोलेकी पनि थिइनन् ।

धनसरा १४ वर्षको हुदाँ उनको गाँउमा प्रौढ शिक्षा आयो । उनले प्रौढ शिक्षा पढ्नका लागि दिनमा घाँस काटेर प्रौढ शिक्षा पढ्न जानछु भन्दै घरमा सोधेकी थिईन् ।
तर उनको घरपरिवारले १४ वर्षको उमेरमा पनि प्न नपठाउँदा धनसरा पढाईबाट वञ्चित भइन् । यस घटनाले उनी आफ्नो सन्तानलाई पढाउन चाहान्थिन् तर त्यो सपना पनि पुरा हुन सकेन । धनसराको दुई छोरा र एक छोरी छन् ।

उनले भन्ने गर्छिन्, ‘पढेछैन म भनेर अनपढ हुनुभएन । अक्षर पो चिन्न सकिएको छैन अरु त बुझ्न सकिन्छ नी ।’ आफुमा कुनै पनि कुराको ज्ञान भएपछि हरेक क्षेत्रमा हात हाल्न पाउने अवसर हुने र के राम्रो के नराम्रो भन्नेवारे आफै मूल्याङ्कन गर्न सक्ने भएकाले पढाईको महत्व भएको उनी बताउँछिन् ।

छोरीलाई स्वरोजगारको बाटो

धनसराको तीन छोराछोरी मध्ये एउटा मात्र छोरी हुन्, यशोदा सापकोटा । धनसराको छोराछोरीलाई पढाउने ठुलो सपना हुदाँहुदै पनि उनका छोराछोरीले पढेनन् । आफु पढ्न नपाउनुको पिडा थियो, धनसरालाई । वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रमबाट दिएको अटो तालिममा धनसराले छोरी यशोदालाई पठाइन् । छोरीले तीन महिने अटो तालिम लिएर अटो चलाउने हुदाँ उनलाई खुशी लाग्यो ।

छोरीलाई अटो समेत धनसराले नै किन्न लगाएकी थिईन् । उनले छोरीलाई अटो किन्नको लागि ४० हजार रुपैयाँ पनि दिएकी हुन् । जस बेला वीरेन्द्रनगरमा महिलाले अटो चलाउनेको संख्या न्यून थियो ।

नगरपालिकाले यशोधालाई अटो किन्नको लागि दुईलाख अनुदान समेत दियो । ६ लाख ६० हजार रुपैयाँमा अटो किनेपछि आफ्नो छोरीले अटो चलाउँदा उनलाई निकै खुशी लाग्यो ।

छरछिमेकिले उनलाई भन्ने गरेका थिए, ‘तेरी छोरी त ड्राइभर पो भइछ ।’ उनले अरुको राम्रो काम बाहेक अन्य कुरा नसुनी आफ्नो काममा लाग्न छोरीलाई शिक्षा दिन्छिन् । अहिले छोरीले नपढेपनि एउटा सीप सिकेर आत्म निर्भर भएको देख्दा मन खुशी भएको बताउँछिन् । अटो किन्दा सबै ऋण गरेर खरिद गरिएको थियो । सबै ऋण अटो नै चलाएर छारीले भुक्तान गरेको उनले बताइन् ।

अटो निकाल्दा पाँच लाख ऋण थियो, त्यो अहिले सबै भुत्तान भईसक्यो । छोरीको यो काम प्रति आफुलाई गर्व लागेको धनसरा बताउछिन् ।

यशोधाले अटो तालिम लिएर आफ्नो खर्च, बालबच्चाको खर्च र घर खर्च सम्म धानेको देख्दा छोरीले नपढेपनि सीप सिकेर अटोबाट राम्रो आम्दानी गरेको उनले बताइन् ।
दश कक्षा सम्म पुगेकी छोरी घरको आर्थिक अवस्थाले धान्न सकिदैन भनेर पढाई छोडेकी थिइन् ।

डोकोमा फलफूल व्यवसाय

धनसराले जीवन चलाउन धेरै दुख गर्नुपरेको थियो । करिव २३ वर्षसम्म दिनमा पाँच घण्टा हिडेर फलफुल बेच्ने गरेको उनी बताउछिन् । विस्तारै दैनिक पैदल यात्रा गर्न नसक्ने भएपछि अहिले भने नास्ता पसल चलाएर बस्ने गरेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया