‘बेलायतको सुविधामा नेपालको माया’

वीरेन्द्रनगर नगरपालिका स्थित राम्रीका“डामा वावु छविलाल गुरुङ र आमा हस्तीमाया गुरुङको कोखबाट वि.सं. १९८५ साल भदौ महिनामा माइला छोराको रुपमा रत्नबहादुर गुरुङको जन्म भएको थियो ।

– पृथ्वी बहादुर सिंह

१७ वर्षको उमेरमा भारतको देहरादुनमा गोर्खा रेजिमेन्ट सैनिकमा उनी भर्ति भए । अंगे्रज उपनिवेशवाट भारत स्वतन्त्र भएपछी गोर्खा रेजिमेन्टका सैनिक आधा भारत र आधा वेलायतले लिएर गएपछी उनी वेलायती उपनिवेशको देश मलेसिया गई सैनिक तालिम प्राप्त गरेका थिए । २० वर्षको हु“दा घरविदा आएर आफैले रुचाएर देविसरा गुरुङसंग उनले विवाह गरे ।

उनीबाट कुनै सन्तानको जन्म नभएपछि उनले दोस्रो विवाह गरेका थिए । दोस्रो श्रीमतिबाट एक छोरा र एक छोरीको जन्म भयो । त्यसपछि अग्रेजको सैनिक पेशाबाट लामो समयसम्म पनि रत्नबहादुर घरमा नआउदाँ दास्रो श्रीमती पनि दोस्रो विवाह गरेर गइन ।

उनको गर्भवाट जन्मेका एक छोरा एक छोरीले राम्रो घर व्यवहार गरी खाएका छन् । त्यसपछी रत्नबहादुरले तेस्रो विवाह गरे । उनीबाट पनि छोराछोरी नभएर उनको पनि मृत्यु भयो । चौथो विवाह २०५९ सालमा मनु गुरुङसंग गरे पनि उनबाट छोराछोरी केहि छैनन्।

गुरुङले २२ वर्ष सैनिक जिवनमा मलेसिया इन्डोनेसिया अंग्रेजी उपनिवेशको रक्षा ति देशले स्वतन्त्रताको आन्दोलन गर्दा अंग्रेजको तर्पmवाट दवाउन समेत भुमिका निभाएका थिए । ति देशले स्वतन्त्र प्राप्त गरेपछि वेलायत गएर जगेडा सेनामा बसिरहेको बेला व्रोनाईका सुल्तानको विरुद्ध वामपन्थी विद्रोह हुदा“ राजदरवारवाट भागी नहरको होमपाईपमा लुकेका सुल्तानले सैनिक सहयोग माग्दा वेलायतले गोर्खा रेजिमेन्ट दवाउन पठाएर सो विद्रोह दवाएर सुल्तानलाई राजगद्धीमा वशाल्न समेत रत्नबहादुर उपस्थित भएका थिए । २२ वर्ष सिपाहि देखि लेप्टीनेन्ट सैनिक जिवन नोकरी गरी पेन्सीन प्राप्त गरी अवकाश लिएका थिए ।

राम्रीकाडा बस्ती पहिलो हो भने ढोडेखाली दोस्रो त्यसपछी वीरेन्द्रनगर नगरपालिका–६, वुद्धपथमा घर निर्माण गरी वस्ती सरेका थिए । समुन्द्र सतह भन्दा चार हजार फिट माथि मात्र उचाई रहेको सानो टापु नै टापु भएको युरोपको अतिविकशित मुलुक हो वेलायत ।

वेलायतले १७ औं शताव्दिबाट विश्व साम्राज्यवादी निती लिएर विश्वका विभिन्न मुलुकहरुमा सैनिक हस्तक्षेप गरी आफनो उपनिवेश वनाएर ति मुलुकबाट विभिन्न बहुमुल्य खनिज पदार्थ र अन्य कच्चा पदार्थ थल जल नभ का यातायातबाट आफ्नो देशमा संचालित मेसिनबाट पक्का बनाएर उपनिवेसमा निर्यात गरी ठुलो धनराशि लिएर देश स्वर्ग जस्तै बनाउन पुगेको छ । उपचार, यातायात, वृद्धवृद्धालाई निशुल्क वनाएको छ । निश्चित उमेरपुगेर पछी खाना लगाउन वस्न वृद्ध भत्ताको व्यवस्था गरेको छ । देशभरी जताजतै हरियाली धुलो मैलोे केहि छैन । नागरिक जिवन सुख समृद्धी विताई रहेका छन् ।

वेलायत जान आउन भिषा पासपोर्ट वनाई गत ई.स. २०१९ नोभेम्वरमा रत्नबहादुरले कान्छी श्रीमती मनु गुरुङ साथमा लिएर २०२२ अगष्टसम्म बसी फर्किएका थिए । त्यो समयमा वेलायतमा रहेको लाहुरे गाउले संस्थाले उनीद्धयलाई सम्मान पनि गरेको थियो ।

प्रतिमहिना वेलायत डेढलाख रुपैयाँ पेन्सन पाउछु, गुरुङ भन्छन् । आफनो स्वदेशमा धेरै आफन्तहरु छन् । उनी भन्छन् अव गणतन्त्र नेपालका राजनेताहरुले हाम्रो भूमिलाई पनि प्रकृतिले अथाह वहुमुल्य सम्पत्ती दिएको छ । यसको सही सदुपयोग लागी कृषि, पशुपालन व्यवसायिक बनाउदै, खनिज पदार्थ उत्खनन् प्रशोधन गरी निर्यात गर्न युवा श्रम विवेक यहि भूमिमा खर्चेर सम्वृद्धी वनाई भाडाको परदेशको सिपाइ भर्ति हुने पेन्सीन खाने दिनको अन्त्य गर्नुपर्छ । नेपाली राजनैतिक नेतृत्व ले विदेशिको निर्देशनमा शासन संचालन गर्ने र जनताले अर्काको देशमा गएर भाडाको श्रम बगाउने संस्कारको पनि अन्त्य गर्न मनै देखी लाग्नु पर्छ भनि दूर सन्देश गुरुङले दिएका छन् । थप उनले भने सुविधा बेलायतको छ, माया जन्मभूमि नेपालको लाग्छ ।

उमेरले ९२ वर्ष लागेका वृद्ध गुरुङ सामान्य पत्रपत्रिकासम्म अलिअलि पढने, प्रेसरको औषधी सेवन गर्ने गर्छन् । श्रीमति मनु गुरुङसँगको सेवा सत्कारमा जीवन बिताइ रहेका छन् । उनको आयु लामो बनाई दिन त्यो अदृश्य भगवानस“ग लेखक हार्दिक अनुरोध गर्दछ ।

(- पृथ्वी बहादुर सिंह)

तपाईको प्रतिक्रिया