रुकुमपश्चिममा बेलिब्रिज भाँचिदा चार जना गम्भिर घाइते

सुर्खेत । डोल्पा सडक खण्ड अन्तर्गत रुकुमपश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदी माथी निर्माणाधिन बेलिब्रिज भाँचिदा ९ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाकाे अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डिएसपी नवराज भट्टराईले जनाकारी दिए । डिएसपी भट्टराईका अनुसार घाइतेहरुको हेलिकप्टरबाट उद्दारका लागि पहल भइरहेको छ ।

उनका अनुसार जाजरकोटको नलगाड नगरपालिका १२ स्थित तल्लुबगर र रुकुमपश्चिमको आठविस नगरपालिका ४ को गोतामकोट जोड्ने भेरी नदीमा निर्माणाधिन पुल भाँएिको हो । घाइतेहरु सबै निर्माणमा सम्लग्न कामदारहरु रहेका छन् ।

तपाईको प्रतिक्रिया