जीवन वर्णन

सुर्खेत वामपन्थी राजनीतिका मर्मज्ञ देवेन्द्र वीसी

पृथ्वीबहादुर सिंह ।

बाबु शिवशंकर बुढा आमा नन्दकला ५ भाईमध्ये माइलो छोराका रुपमा वि.स. १९९५ साल असोज ५ गते बुधबार पहिलेको खानीखोला गा.वि.स. ७ अहिलेको सिम्ता गाउँपालिका -९ चोल्पा गाउँमा निम्न मध्यम परिवारमा जन्मनु भएको हो । वहाँको तीन बहिनी छन् । त्यसमध्ये एक दिदीको मृत्यु भैसकेको छ ।

अन्य भाई , दिदी बहिनी जीवित हुनुहुन्छ । बालक कालमा कृषि पशुपालन जाने गर्नु भएको थियो । सात वर्षको भएपछि आफ्नो गाउँ चोल्पामा कुटी बनाएर बसेका जोगी महाराजसँग सरस्वती पूजाको दिनमा बुबाले अक्षर आरम्भ गराउनु भएको हो । जोगीले कानामार्ता बारखरी चण्डी दुराकोज पढाई सकेपछि बुबाले दैलेख किमुगाउँमा बुबाका फुपूहरुको विवाह भएको थियोे । त्यहि लिएर बसाली भाषा पाठशालामा दुई वर्ष दुई कक्षा पास गरे । त्यहाँ नै ६ महिना सम्म लेखपढी पनि लेखनदास भएर काम गर्नु भएको थियो । यो समय २००६/२००७ सालतिर को कुरा हो ।

१३ वर्ष हुँदा बुबाले नेपालगञ्ज लिएर हनुमान मन्दिरमा बास बस्ने व्यवस्था मिलाई कक्षा ३ मा नारायण हाईस्कूलमा भर्ना गराउनु भएको थियो । मलाई नेपाली राम्रो आउथ्यो , अंगे्रजी आउँदैनथ्यो । त्यहि भएर भर्ना गरिएको थियो । त्यो स्कूलमा सात महिना पढेर नेपालगञ्जको गर्मी असाध्य लागेकोले गाउँबाट हटारु हाट गर्न नेपालगञ्ज आए । तिनै हटारुसँग लागेर घर आईहाले । घरमा बुबाआमा पढ्न पठाएको किन आएको हो भनि रिसाउनु भएको थियोे । १६ वर्षको हुँदा सुर्खेत भर्जुनी कि १२ वर्षकी छोरी भूमिसरा खड्का वी.सीसँग उनका बुबा स्व. प्रेमबहादुर खड्काले भागवत सप्ताह पुराण लगाएर कन्यादान दिएर विवाह बन्धनमा बाँधिनु भएको थियो ।

विवाहको २ वर्षपछि भारतको दिल्लीमा नोकरी गर्न भनी सिम्ता गा.पा. ४ बजेडीचौरका स्व. टोपबहादुर खत्री, स्व. भिमबहादुर बस्नेत, खडकबहादुर खत्रीको साथमा स्टेण्डर रेस्टुरेष्ट रिजल विल्डीङमा लिफ्ट ग्राहकलाई चलाउने काम चार वर्ष गर्नु भएको थियो । दिल्लीमा पनि मारवाडीले सञ्चालन गरेको रात्री कलेज विद्यालयमा सात कक्षा पढेर पास गरियो । पढाई भने धेरैजसो एक जना भारतीय शिक्षकलाई अध्ययन गराउने राखी मासिक फि रु. ५ समेत दिएर पढने गरिन्थ्यो ।

२०२० सालमा सिम्ता आफ्नै चोल्पा गाउँमा ने.रा.प्रा.वि. कालिका स्वीकृत श्री ५ को सरकारबाट बनाई प्र.अ. को रुपमा शिक्षक पेशा शुरु गर्नु भएको हो । त्यहिको विद्यालयमा कार्यरत हुँदा सल्यान गएर नर्मल शिक्षक तालिम प्राप्त गरी चोल्पा पढाउन थाल्नु भयो । त्यहि विद्यालयबाट अध्ययन बिदा लिएर २०२३ सालमा सुर्खेत जिल्लाको तत्कालिन सदरमुकाम गोठीकाँंडामा स्थापित अहिलेको जन.मा.वि. उहिले पब्लिक हाईस्कूलमा एक वर्ष अध्ययन गरेर एस.एल.सी. परीक्षा उत्तीणर् गर्नुभएको थियो ।

त्यहि वर्षको चैत्रमा ने.क.पा. पुष्पलाल समूहको कम्युनिस्ट पार्टीको सदस्यता लिनु भएको थियो । वी.सीजीले संगठनको कुन कुन तहमा बसेको भनी सोध्दा वहाँले नै लेखेको प्रकाशित सुर्खेत कम्युनिष्ट आन्दोलनको ऐतिहासिक पुस्तक पाइन्छ पढ्न भन्नु भएको छ । कालिका प्रा.वि. बाट बेतलवी विदा लिएर २०२६ सालमा भानु मा.वि. बजेडीचौर सिम्ता सुर्खेतमा एकवर्ष अध्यापन गराउन पुग्नु भएको थियो । पुनः फर्केर त्यहि कालिका प्रा.विलाई स्तरउन्नती गर्न अनेकौँ प्रकारले चन्दा संकलनदेखि स्वीकृत ल्याउन श्री ५ सरकारका शिक्षा सम्बन्धि निकायहरुसँग सम्बन्ध राखी नि.मा.वि. हिमालय हुँदै मा.वि. चोल्पा स्वीकृत गराउने प्र.अ. समेत हुन पुगेर अहम् भूमिका निभाउनु भएको थियो । २०२३ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि बर्जुवा शिक्षा नलिने प्रशिक्षण प्राप्तपछि अध्ययन स्तर बढाउन मार्र्शवादी दर्शन माउत्सेतुङ लेनिनका राजनैतिक दस्तावेजका पुस्तकहरु पढ्न थाल्नु भएको थियो ।

एकैचोटी मा.वि. खोल्ने भएपछि २०३१ सालमा आईए प्राइभेट नेपालगञ्ज क्यापसबाट परीक्षा दिएर पास गुर्न भएको थियो । त्यसमाथि डिग्री पास गर्न लागिएन । २०३४ सालमा इन्सर्विस बाट वी.ए.इ.डी पृथ्वीनारायण क्याम्पस अध्ययन तालिम गर्न एक वर्ष पोखरा गएर वि.ए सरह पास गरी आउनु भएको थियो । २०३५ सालमा पुष्पलाल समूह छोडेर माले पर्र्टीमा जिल्लास्तरका नेतृत्व मसहित केहि प्रवेश गरेका थियौ । २०४७ सालमा बहुदलीय प्रजातन्त्र पुनःप्राप्तिपछि माले माक्र्सवादी एकिकरण भएर एमाले पार्टीमा लाग्नु भएको थियो ।

२०५४ सम्म रहेर एमाले पार्टी विभाजित हुँदा माले पार्टीको जि.क.सदस्य हुनु भएको थियो । २०५६ सालमा माले एमाले एकिकरणपछि एमाले पार्टीको जिल्ला कमिटि सदस्य सुर्खेतको फिर्ता हुनु भएको थियो । माओवादी सशस्त्र द्वन्द्वपछि २०६२ साल माओवादी शान्तिवार्ता गरी संसद उपयोग गर्न आएपछि २०६४ सालमा एमाले पार्टी क्रमशः शंसोधनतिर लाग्दै गर्दा अब सशस्त्र विद्रोह गरी आएको पार्टी माओवादी पार्टीमा प्रवेश गर्नु भएको थियो । संसदमा उपस्थित भएपछि माओवादी पार्टीले एमाले पार्टी भन्दा अगाडि गएर पार्टी विभाजन र सत्तासुख भोगमा लागेपछि पुनः एमाले पार्टीमा फर्किएर आउनु भएको थियो ।

निरंकुश पञ्चायती व्यवस्था विरुद्ध सिम्ता सुर्खेतमा उठेको २०३६ सालको जन आन्दोलमा सक्रिय नेतृत्वको भूमिका निभाएकोले पञ्चायतकालमा प्रहरीले पक्राउ गरी १० महिना सुर्खेत कारागारमा बन्दी बन्नु भएर जनमत संग्रह घोषणापछि छुटकारा पाउनु भएको थियो । त्यसपछि पार्टी र शिक्षक संगठनमा रहेर पंचायत विरुद्ध सक्रिय भएर लागि रहनु भएको थियो । २०४६ सालमा सुर्खेत जिल्लामा ठूलो जन-आन्दोलन नभएपनि शिक्षक संगठनले गरेका जनविद्रोहका विभिन्न क्रियाकलाप संचालनमा सहभागी हुनु भएको थियो । शिक्षक पेशाबाट प्राप्त आयबाट २०४२ मा वीरेन्द्रनगर ६ मा एउटा एकतले घर निर्माण गर्नुभएको हो । २०४६ सालपछि विद्यालयबाट निवृत्त भएर चोल्पाबाट बस्ती सरेर वीरेन्द्रनगर घर सर्नु भएको थियो ।

२०५१ को मध्यावधि संसदको निर्वाचनमा एमाले पार्टीले अल्पमतको सरकार बनायो । त्यहि सरकारले बहालाई सुर्खेत जिल्लाको सुकुम्वासी आयोगको अध्यक्षमा मनोनयन गरेपछि ९ महिना आयोगको अध्यक्ष भएर कार्य सम्पादन गर्नु भएको थियो ।
पञ्चायतकालमा शिक्षक भएर जिल्ला सभासद गाउँ पञ्चायतबाट निर्वाचित भएर आउने व्यवस्था हुँदा एक अवधि जिल्ला सभासद भएर पनि जनसेवा गर्नु भएको थियो । गहिरो अध्ययन गर्ने वी.सी मार्सवादी अध्ययनमा पोख्त हुनुहुन्छ ।

त्यहि अनुभवलाई “सुर्खेत कम्युनिष्ट पार्टी आन्दोलन र नेपालको राष्ट्रियता शान्ति राष्ट्रको चेपुवामा” पुस्तक लेखी प्रकाशन गर्न पुग्नु भएको छ । सुर्खेत जिल्लाको पहिलो पत्रिका श्री भानु मा.वि. बजेडीचौर अध्ययन गराउँदा बनारस छात्र संघको नाममा प्रकाशित जूनकीरी पत्रिकामा “माकुरी” नामले पञ्चायतविरुद्ध जनता उठाउन कविता सृजना गरी २०२७ सालमा प्रकाशित गर्नु पुग्नु भएको थियो । २०४६ सालपछि प्रगतिशील लेखक संघ सुर्खेत शाखा गठन गरी कहिले कवि गोष्ठी कहिले रातो थुँगा प्रकाश गर्दा कविता सृजना गरी उभिनु भएको छ । जनतालाई थप चेतना जगाउनु २०४६ साल पछि सुर्खेतबाट प्रकाशन हुने दैनिकी साप्ताहिक पत्रिकामा उहाँले धेरै स्तम्भ पनि प्रकाशन भएका छन् । २०५२ सालपछि कम्युुनिष्टभित्र विभिन्न विचौलियाहरुको घुसपैठ हुन गयो ।

कम्तिमा एक अवधिसम्म राष्ट्रियस्तरमा पुगी जनसेवा गर्न पाए हुन्थ्यो भन्ने सपना अधुरो रहेको बताउनु भएको छ । पार्टीको सल्लाहकारमा लिने सल्लाह कहिले नलिने यस्ता मानिसहरुको भिडले कम्युनिष्ट पार्टी भड्खालो हाल्छन कि देश डुबाउँछन् कि भनेर चिन्ता प्रकट गरिरहनु हुन्छ । अहिले पनि मधेसी दललाई साथ लिएर सरकार जाने जन संविधान संशोधन गर्ने कोशिस लामो समयबाट हुँदै गैरहेको छ । भारतले नेपाललाई सधैँ हेपाई प्रवृति रहेकोतिर आकृष्ट गराउँछ कि पृथकतावादी द्वन्द्व बढाउछ कि भनी चिन्ता गरिरहनु हुन्छ ।

चाप्लुसी खुसामत गर्ने बानी नभएकोले संसदीय उपल्लो मोर्चामा सहभागी बनाइएनु भएन र जान सक्नु भएन । पार्टी परिवर्तन गरेपनि कहिले पनि उहाँको मन कम्युनिष्ट पार्टीले बनाएको सरकारले जनगणतन्त्र समाजवादतिर देश लम्केको हेर्न आतुर हुनुहुन्छ । पहिले धुम्रपान गरेपनि २०३४ सालबाट छोडेर अहिले पनि नखाई स्वस्थ हुनुहुन्छ । सामान्य ब्लड पे्रसर छ । अहिले धेरै पढलेख गर्न सक्नु हुन्न, उमेर ८५ लागेपछि संचारमा आउने विभिन्न मिडियामा खबर गुणस्तरीय सचेत गराउने मात्र सुन्ने हेर्ने गर्नुहुन्छ ।

अब अध्ययन गर्नसक्ने अवस्था नभएपनि नेपालको राष्ट्रियताको लागि चिन्तन गरिरहनु हुन्छ । २०७७ सालमा श्रीमती भूमिसरा वी.सी.को कोरोनाबाट मृत्युभयो । दुई छोरा तीन छोरी छन् । माईली छोरी चित्र वी.सी अपाङ्ग हुँदा विवाह नगरी आफैसँग बसेकी छिन् । सबै छोराछोरी आ आफ्नो पेशा व्यवसाय गरेकोले सन्तोष रहनु भएको छ । यसरी मूल्याङ्कन गर्दा सुर्खेती वामपन्थी राजनीतिज्ञ समाजसेवी मर्मज्ञ देवेन्द्र वी.सी. लाई राज्यले सम्मान गरे फरक पर्ने छैन् ।

तपाईको प्रतिक्रिया