मध्यपश्चिम विश्वविद्यालयका १० वटै आंगिक क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसमा भोली हुने स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले बुधबार स्ववियु निर्वाचन रोक्न दिएको आदेश अनुसार विश्वविद्यालयले एक सूचना जारी गर्दै निर्वाचन स्थगित गर्ने निणर्य गरेको हो । बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निणर्य गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा नारयणप्रसाद पौडेले जानकारी दिए ।

यस्तै, मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ । एमयुका १० वटा आंगिक क्याम्पसमध्ये तीन लुम्बिनी प्रदेश र ७ वटा कणर्ाली प्रदेशमा रहेका छन् ।

तपाईको प्रतिक्रिया