कथा : तुलसी

विष्णु भट्टराइ

सुर्खेत, २ पाैष ।

पुसको महिना थियो । आँखाभरि अनगिन्ती सपना र काँधमा जिम्मेवारी बोकेर सहर छिरेको रामे सहरको रमझम र बेथितिले ‘सहर’ उसले सोचेभन्दा निकै भिन्दै बन्दै गैरहेको थियो । ऊ पसेको सहरबाट रामेले आफ्ना चाहना र आवश्यकता पूरा गर्न त सकेन ।

बरु सहरले नै उसलाई उसले चाहेभन्दा फरक तरिकाले परिवर्तन गरिदियो । यसैबीच एक दिन रामे , जाडो मेटाउनका लागि भनेर उसले काम गर्ने ठाँउबाट घर फर्किँदै गर्दा एउटा सानो होटलमा छिरेर सुरपान गरेछ । केही समयपछि उक्त होटलबाट लरबराउँदै बाहिर निस्क्यो ।

ऊ आफ्नो गन्तव्यतर्फ लाग्दै थियो । यो स्पस्टसँग देख्न सकिन्थ्यो कि ऊ आफ्नो अधिनबाट फुत्किसकेको थियो । आफैँलाई सम्हाल्न सकिराखेको थिएन । सबै कुरा संयोगै त होला, बेथितिसँग हुँइकिँदै आइरहेको थियो अचानक एउटा मोटरसाइकल अधबैँसे केटोले ,उस्तै एक महिलालाई पछाडि राखेर आइरहेको थियो ।

मोटरसाइकल चालकको ध्यान पनि साधन चलाउनेतिर भन्दा पनि अन्यत्र कतै केन्द्रित भएजस्तै स्पष्ट देख्न सकिन्थ्यो । नसोचेको दृश्य देखा प¥यो । उक्त मोटर्साइकलले ठक्कर दिन्छ रामेलाई । ऊ भुइँमा लड्यो । मोटरसाइकलले उसलाई केही परसम्म लतार्यो ।

ऊ रगताम्य भयो । धेरै ठाउँमा चोटपटक लागेको स्पष्टै देख्न सकिन्थ्यो । यत्तिकैमा त्यहाँ धेरै बटुवा जम्मा भए । कसैलाई फोटो खिच्ने हतार त कसैलाई सवारी चलाउने र बाटोमा हिँड्ने तरिकाको दर्शन छाँट्न भ्याइनभ्याई थियो भने कोही हेर्न नसकेर अर्कैतिर फर्कंदै पर्ल्याक्पुर्लुक हेर्दै थिए भने कोही मानवीय गुण दर्साउँदै एम्बुलेन्सको खोजी गर्दै थिए ।

छोटै समयमै एम्बुलेन्स टुप्लुक्क आइपुग्यो । भिड पन्छाउँदै एम्बुलेन्स रामे लडेकै ठाउँमा पुग्यो। घाइते अवस्थामा हेर्न त्यहाँ मानिसहरूको घुइँचो लागेको थियो । रामेलाई बल्लबल्ल एम्बुलेन्समा राखियो । एम्बुलेन्समा एकजना पथिक रामेसँगै अस्पताल जान तयार भए । संयोग पनि कस्तो , उनैले एम्बुलेन्सलाई फोन गरेका थिए ।

सहरमा त सबैको समय अति नै व्यस्त हुन्छ भन्छन् – उनले आफ्नो त्यस्तो अमूल्य समय रामेको उपचारमा दिन सक्ने भएछन् । उनी त्यस सहरका कामै नभएका मान्छे त पक्कै होइनन् होला । मानवीय भूमिकाको हिसाबकिताब भएर त होला नि ।

घाइतेको उपचार सुरु भयो । ऊ छट्पटाइरहेको थियो । फेरि संयोग कस्तो उपचारकै क्रममा उसले आफ्नो बाल्यकालको साथी ऋतुले उसको उपचार गरिरहेकी हुन्छन् । त्यो देखेर ऊ निशब्द हुन्छ । उसको मुखबाट अचानक वाक्य फुट्छ– ‘ऋतु तिमी

तपाईको प्रतिक्रिया