बाढीले कल्भड बगायो

प्रचण्ड खत्री
रुकुम पश्चिम, २५ साउन
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ र ९ को बिचमा रहेको बडगाई खोलामा रहेको कल्भड बाढीले बगाएको छ । मगलबार राती आएको बाढीले उक्त कल्भड बगाएको स्थानिय बालाराम देबकोटाको भनाई छ । कल्भड बगाउँदा आवातजावातमा समस्या भएको छ । कल्भड नै बगाउँदा साना २ पाङ्ग्रे सवारी साधन भने झोलुङ्गे पुलबाट आवातजावत गर्न बाध्य भएको स्थानीयको भनाई छ ।
२०७४ सालमा उपभोक्ता समिती मार्फत कल्भड निर्माण भएको थियो । बाफिकोट गाउँपालिकाको १५ लाखको बजेट बाट निर्माब गरिएको थियो । पाँच बर्ष नपुग्दै उक्त कन्भड बाढीले बगाएको छ ।

तपाईको प्रतिक्रिया