६.८ एमभिएको ट्रान्सर्फमर जोडियो

सुर्खेत, २३ साउन ।
नेपाल विद्युत प्राधिकरणको वीरेन्द्रनगर स्थित बुदबुदी सवस्टेसनमा ६.८ एमभिए (मेघा भोल्ट) को ट्रान्सफर्मर जडान गरिएको छ । यसअघि सो सवस्टेसनमा ३ एमभिएको ट्रान्सफर्मर जडान भएको थियो ।

विद्युत प्रयोगकर्ताको संख्या बढ्दै गएपछि सुर्खेतमा विद्युतको न्यून भोल्टेजका कारण प्रयोगकर्ताहरु समस्या झेल्न वाध्य थिए । सुर्खेतमा विस्तार भएको विद्युत लाइनको पुरानो संरचना तथा कम क्षमताको ट्रान्सफर्मरका कारण खासगरी वीरेन्द्रनगरका सबै क्षेत्रमा विद्युत आपुर्तीमा समस्या उत्पन्न भईरहन्थ्यो ।

प्राधिकरणको सुर्खेत वितरण केन्द्रले हाल जडान गरेको ट्रान्सफर्मर सुदुरपश्चिम प्रदेशबाट झिकाएको प्राधिकरणको सुर्खेत वितरण शाखाका प्रमुख युवराज रावतल जानकारी दिए । कर्णालीमा हाल ३३ केभिए प्रसारण लाइन जडान छ भने कोहपुर–सुर्खेत १३२ केभिए प्रसारण लाईन निर्माण चरणमा छ ।

तपाईको प्रतिक्रिया