वासिङ्टन,५ असार ।
अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । समाचार संस्था रोयटर्सका अनुसार ७९ वर्षीय बाइडेन शनिबार डेलावेयरको रेहोबोथ बिचमा साइकल चलाउने क्रममा लडेका हुन् । उनी छुट्टी मनाउन त्यहाँ पुगेका थिए ।
समर्थकहरूलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढेका थिए। साइकलबाट लड्दा उनलाई चोट भने लागेको छैन । लड्नासाथ उनी उठेका थिए । मलाई केही भएको छैन,’ उनले भने । साइकलबाट लडेको घटनापछि बाइडेनले उपस्थित समर्थकहरूसँग केही मिनेट कुराकानी गरेका थिए ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बाइडेनलाई कुनै उपचारको आवश्यकता नभएको बताएको छ । बाइडेन र उनकी पत्नी जिल बाइडेनले शुक्रबार ४५ औं विवाहोत्सव मनाएका छन् ।
स्रोत : सेतोपाटी
युग संवाददाता । । ५ असार २०७९, आईतवार १२:३०