“शिक्षा, खानेपानी र सिंचाईलाई प्राथमिकता दिन्छौं”

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचनबाट नयाँ जनप्रतिधिहरु निर्वाचित भएर आइसकेका छन् । उनीहरुबाट जनताले धेरै आशा र अपेक्षा गरेका छन् । भने जनप्रतिनिधिहरु पनि त्यही अनुसारका बाचा गरेर जनताबाट अनुमोदित भएका छन् । जनप्रतिनिधिहरुले अब कसरी काम गर्दै छन् ? शिक्षा, स्वास्थ्य र रोजागरी सिर्जना गर्न कस्ता योजना बनाएका छन् त ? यीनै विषयमा केन्द्रीत रहेर सुर्खेतको चौकुने गाउँपालिका अध्यक्ष खड्क विक (बाँसपाने) सँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

तपाई निर्वाचितपछि हिजो आज के काममा व्यस्त हुनुहुन्छ ?
सामान्यतया जितिसकेपछि केही समय मतदाताहरुलाई धन्यवाद दिने काममा व्यस्त भइयो । त्यसपछि हामीले गाउँपालिकाभित्र गर्नुपर्ने कामहरुको वर्गिकरण गर्नेगरी व्यस्त भयौं भने केही दिन प्रदेशभरका स्थानीय तहका प्रमुखहरुको लागि स्थानीय शासन सञ्चालन कसरी गर्ने भन्ने विषयमा तालिम थियो त्यहाँ व्यस्त भईयो ।

तपाईले कुन कामलाई प्राथमिकता दिनुभएको छ ?
कामको पहिलो प्राथमिकता भनेको मेरो शिक्षा क्षेत्र रहेको छ । शिक्षा क्षेत्र हाम्रो पालिकामा खस्कदो अवस्थामा छ । यसको गुणस्तर कायम गर्नेमा म केन्द्रीत हुनेछु । शिक्षासँगै हाम्रो पालिकामा खानेपानी र सिंचाईको सुविधा पु¥याएर किसानहरुलाई आत्मनिर्भर बनाउनेगरी हामी काम गर्ने छौं । सबैभन्दा ठुलो कुरा भनेको शिक्षा हो ।

शिक्षामा सुधार नआउन्जेल कुनैपनि क्षेत्र सबल हुन सक्दैन । अहिलेसम्म शिक्षाको अवस्था हेर्ने हो भने हाम्रो पालिका दयनिय अवस्थामा छ । त्यसैले शिक्षाको गुणस्तर कायम गर्नको लागि अब आउने नीति कार्यक्रमबाट केही नयाँ कार्यक्रम ल्याउँछौ ।

तपाईले निर्वाचन लड्दा गरेका प्रतिवद्धता कसरी पुरा गर्नुहुन्छ ?
मैले जे काम सम्भव छ त्यही मात्र बोलेको छु । मैले यो पालिकामा सुरुङ खोल्छु, रेल ल्याउछु भनेको भए त्यो सम्भावना थिएन, आश्वासन मात्र हुन्थ्यो । मैले जनतालाई के भनेको छु भने प्रत्येक घरमा पाँच बर्षभित्र खानेपानी धारा पुरयाउछु भनेको छु । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्छु भनेको छु ।

जहाँ अन्न भण्डार हुने जमिन छ, त्यहाँ सिंचाई पुरयाउँछु भनेको छु । अहिले जनताले पानी बोकेर खानुपर्ने अवस्था छ, त्यसको समाधान गर्छु भनेको छु म त्यो पुरा गर्छु । म पाँच बर्षमा जनतालाई आधारभुत विकासको पहुँचमा पु¥याउने सकल्प लिएको छु । त्यही अनुसारका काम गर्छु ।

आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट पनि ल्याउँदै हुनुहुन्छ, कुन क्षेत्रलाई प्राथमिकता दिनुहुन्छ ?
आउँदो आर्थिक बर्षको नीति, कार्यक्रम र बजेटमा मैले अघि पनि भनिसके पहिलो भनेको शिक्षा क्षेत्रलाई प्राथमिकता दिन्छौ । त्यसपछि खानेपानी र सिंचाई हो । अरु आवश्यकताको आधारमा श्रोत साधनले भ्याएसम्म हाम्रो फोकस रहन्छ । पहिलो त आधारभुत कुराहरुको सुविधा जनतालाई दिनुपरयो नी हैन र ? जनतालाई आधारभुत आवश्यकता नै पुगेको छैन अनि नहुने महत्वकांक्षी काम गर्छु भनेर भएन नी ।

पालिकाको बेरोजगारी समस्या समाधान गर्ने तपाईका योजना के हुन ?
बेरोजगारी समस्याहरु समाधान गर्ने मैले तीन चारवटा विधिहरु अपनाएर काम गर्छु । पहिलो प्रयाप्त सामुदायिक र सरकारी वन क्षेत्र रहेको छ । जहाँ थागल र भट्टेघारी छ । ती क्षेत्रहरुमा सामुदायिक वनहरुसँग मिलेर लिचमा जमिन लिएर केही गछुर्् भन्ने व्यक्तीहरुलाई त्यहाँ जमिन उपलब्ध बनाउँछौँ ।

अनि त्यहाँ नेपियर लगायतका विभिन्न प्रजातीका घाँसहरु लगाउने र पशुपालन गर्ने वातावरण सिर्जना गर्छौ । अनि भाडामै रहेका जमिनहरुको पहिचान गरेर फलफुल खेतीहरु गर्न प्रेरित गर्छौँ । त्यसको लागि गाउँपालिकाबाट केही अनुदानका कार्यक्रम पनि हामी लिएर आउँछौ ।

एकातिर बाँझो जमिन पनि प्रयोग हुन्छ भने अर्कोतर्फ केही गर्न चाहने तर बेरोजगार बसेका व्यक्तिहरुलाई रोजगारी दिन्छाँै । सिँचाई सुविधा पुरयाएर अधिकतम् उत्पादनको क्षेत्रमा युवाहरुलाई लगाउँछौ । त्यहाँ केरा, आँपसँगै रुद्राक्षको खेती गर्ने योजना छ । अर्को भनेको सीप सिकाउने विधि अपनाउँछौ । विभिन्न विकाउ हुने सीप सिकाएर हामीले रोजगारी सिर्जना गर्छाै । विशेष गरेर हामी कृषि उत्पादनमा केन्द्रित भएर काम गर्छौ र रोजगारी सिर्जना गर्छौ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि तपाईले कस्ता योजना बनाउनुहुन्छ ?
स्वास्थ्य चौकीहरुमा औषधीको लिष्ट छ, तर त्यो अनुसारको औषधी छैन । औषधीको लिष्टमात्र औषधी किन छैन भनेर हामी अनुगमन गर्दैछाँै । अहिलेसम्मको टे«न के देखियो भने सबै बजेट पूर्वाधार क्षेत्रमा मात्रै थोपर्ने परम्परा छ । यसलाई तोडेर आवश्यकताको क्षेत्रमा हामी बजेट लगाउँछौ । दिर्घरोगीहरु, जेष्ठ नागरिक र निम्न वर्गका समुदायहरुको लागि हामीले स्वास्थ्यको पहुँचमा लिनेगरी नीति तयार गर्छौ ।

तपाईको प्रतिक्रिया