‘हामीले निर्वाचनमा लड्दा सबै काम गरिदिन्छाै भन्यौं’

 

गगनसिं सुनार प्रमुख, लेकवेशी नगरपालिका, सुर्खेत

गाउँका सिंहदरबार भनिने स्थानीय तहको नयाँ निर्वाचन बैशाख ३० गते हुँदैछ जनप्रतिनिधिहरुको पाँच बर्षको कार्यकाल सकिदै छ । यो अवधिमा स्थानीय तहले नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी गरिरहेका छन् । तर नागरिकले भने अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरिरहेका छन् ।

जनप्रतिनिधिको कार्यकाल सकिन अब एक महिना मात्र बाँकी छ । यसकारण पनि नयाँ निर्वाचनको बहस सुरु भएको छ । तर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको लेकवेशी नगरपालिकामा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर लेकवेशी नगरपालिकाका प्रमुख गगनसिं सुनारसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :-

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?
अहिले नगरपालिकाले बनाएका योजनाको अनुगमन, विभिन्न योजनाहरुका कामहरुलाई अगाडी बढाउनेदेखि जनताका दैनिक समस्या बुझ्ने काममा मेरो जिम्मेवारी कत्र्यव्य भएकाले त्यतातर्फ व्यस्त छु। साथै यही बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि उमेद्वारका छलफल, कार्यकर्ताहरुसँग भेटघाट लगायतका काममा व्यस्त छु ।

तपाइले पाँच बर्षमा गरेको उत्कृष्ट काम केहो ?
हामीले पाँच बर्षसम्म धेरै काम गरेका छांै । ती सबै काम उत्कृष्ट छन् या छैनन । त्यो त जनताले मुल्याङ्कन गर्ने कुरा हो । तथापी मेरो नजरमा हिजो कुनैपनि टोलमा सडक बाटोहरु पुगेको थिएन । अहिले सबै टोलमा सडक पुर्याएका छौ, त्यसलाई नै उत्कृष्ट कामको रुपमा मैले लिएको छु ।

निर्वाचन लड्दा तपाईले गरेका प्रतिवद्धता पुरा भए ?
सबै प्रतिवद्धता पुरा गर्न सकिएन । तर जनताको बिचमा गरिएका अधिकांश प्रतिवद्धता भने हामीले पुरा गरेको अवस्था छ । हकिन प्रतिवद्धता पुरा गर्न सक्नुभएन ।

हामीले जनताका बिचमा धुलियाबिट भेडाबारी मदन भण्डारी राजमार्ग पञ्चायत कालमै शुरु भएको हो । जनताले आफ्नो कुटो कोदालोले खनेको बाटो हामी कालोपत्रे गर्छौ भनेका थियौँ, त्यो काम हुन सकेनौं । काम शुरु भने भएको छ । अनि रामघाटको पुल पनि हामी बनाउछौँ भनेका थियौँ ।

तर त्यो काम पनि शिलन्यासमै सिमित भयो विविध कारणले हुन सकेन । हामीले निर्वाचनमा लड्दा सबै काम गरिदिन्छौ भनेर भन्यौ । जब निर्वाचित भएर आयौँ । ऐन, नियम र कानुन चाहिने रहेछ । ति कानुन निर्माणमै केही समय वेतित गर्नुपर्यो ।

अनि अब त गर्नुपर्छ भनेर कस्सिएर काम थालेका थियौं । फेरी कोरोना संक्रमण फैलियो । जनताको बिचमा गरिएका सबै प्रतिवद्धता पुरा भएनन । यसो भनिरहँदा केही काम भएनन भन्ने चाहीँ होइन ।

तपाईं निर्वाचित पछि पालिकामा के परिवर्तन भयो ?
विगतमा साविकका पाँच वटा गाविसहरुलाई मिलाएर यो नगरपालिका बनाइएकाृे हो । हिजो प्रत्येक ठाउँमा सडक बनेका थिएनन । अहिले सबै ठाउँमा कच्ची भएपनि बाटाहरु बनेका छन ।

स्वास्थ्य चौकीहरु बनेका छन । विद्यालय सुधार भएका छन । भने जनताको आर्थिक क्षेत्र बलियो हुँदै गएको छ । समग्रमा आधारभुत विकासमा जनताको पहुँच हामीले पुर्याएका छौ ।

काम गर्दा के कस्ता चुनौती भोग्नुभयो ?
सिंह दरबारको अधिकार गाउँ गाउँमा गयो भनियो । त्यही अनुसारको अधिकार बाँडफाड पनि गरियो । तर त्यही अनुसारका कानुनहरु नबन्दा काम गर्न चुनौती सामाना गर्नुपर्यो ।

अनि जनताले धेरै अपेक्षा गरेको भएपनि सिमित श्रोतले ति आवश्यकता पुरा गर्नु चुनौती थियो । यस्तै चुनौतीहरुको हामीले सामना गर्नुपर्यो । अनि हामीसँग अनुभव नयाँ भएकाले पनि काम गर्न चुनौती खेप्नुपर्यो ।

पालिकाका मुख्य समस्या के छन् ?
हाम्रो पालिकाको पहिलो समस्या भनेको मानिसहरुको अव्यवस्थित बसोबास छ, दलित सुकुमबासी, भुमीहिन सुकमबासी हुनुहुन्छ । उहाँहरुलाई लालपुर्जा दिन सकिएको छैन ।

त्यसैगरी तल सरर नदी बगेको छ, माथी सिंचाई नभएर जग्गा सुख्खा छन् । त्यसलाई सिंचाई गर्न सकिएको छैन । त्यो काम पुरा गर्न हामीसँग पर्याप्त बजेट भएन । संविधानले व्यवस्था गरेअनुसारको प्रत्येक नागरिकहरुले स्वच्छ पानी खान पाउनुपर्ने अधिकारलाई पुरा गर्न सकिएका छैन ।

कृषिमा भनेअनुसारको उपलब्धी हाँसिल गर्न सकिएको छैन भने सबैभन्दा ठुलो समस्या बैदेशिक रोजगारीमा गएका व्यक्तिहरु कोभिड महामारीका कारण घरमै आएर बस्नुभएको छ । उहाँहरुलाई काम दिन सकिएको छैन । यस्ता धेरै समस्याहरु हामीसँग छन ।

यी समस्या समाधान गर्न फेरी पनि निर्वाचन लड्नुहुन्छ ?
यो कुरा त जनता र पार्टीले भनिदिनुपर्यो, मुल्याङ्कन गरिदिनुपर्यो । मैले गरेका काम सबैले मुल्याङ्कन गरिदिएर मेरो विश्वास गरेको खण्डमा हामी विगतदेखि नै समाजकै लागि राजनिति गरेका हौँ । आज पनि भोली पनि त्यही काम गर्ने होनी ।

भनेपछि निर्वाचन लड्ने तपाईको इच्छा छ ?
त्यैत मैले सबै गरे मलाई नै दिनुपर्छ भनेर हट गर्दिन । जनताको विश्वास पार्टीको विश्वास भएको खण्डमा प्रतिस्पर्धा गर्न तयार छु।

यसपालिको बजेट कुन क्षेत्रमा कार्यान्वयन भइरहेको छ ?                                                                                                       अहिले हामीले शिक्षा, स्वास्थ्य, सडकमा नै धेरै बजेट विनियोजन गरिएको थियो त्यही क्षेत्रमा नै कार्यान्वयन भइरहेको छ । विद्यालयका भवनहरु निर्माण गर्ने काम भइरहेका छन ।

भने हाम्रा केही विद्यालयमा प्रावि शिक्षकले मावी चलाउनु्पर्ने अवस्था थियो अहिले हामीले अनुदान कोटामा मावि स्वयमसेवक शिक्षक राखेका छांै । भने वडा कार्यालयहरुका भवनहरु थिएनन अहिले ती भवनहरु बनेका छन् । भने स्वास्थ्यका भवनहरु निर्माणदेखि विगतमा प्रयाप्त औषधी नहुने ठाउँमा औषधी पठाएका छांै ।

पालिकाका युवाहरुलाई रोजगारी सिर्जना गर्ने के काम गर्नुभयो ?
हामीले प्रत्यक्ष रोजगारीमा भन्दा पनि स्वरोजगारका काममा जोड दियौँ । विशेषगरी कृषि र पशुपालनमा हामीले विभिन्न कार्यक्रम बनाएर धेरै युवाहरुलाई स्वरोजगार बनाएका छांै भने प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममा पनि युवाहरुलाई रोजगारमा लगाएका छौं । बजेट प्रयाप्त भएका खण्डमा गाउँका अधिकांश युवाहरुलाई रोजगार दिन सक्ने थियौँ भन्ने लाग्छ । तर बजेट भने अनुसारको छैन ।

तपाईको प्रतिक्रिया