सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन चैत्र २६ गते

सुर्खेत, २८ माघ ।
सुर्खेत उधोग बाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते हुने भएको छ । संघको पदाधिकारीहरुको बैठकले चैत २६ गतेलाई निर्बाचन गरेको निर्णय भएको जनाएको छ । यसअघि मंसिरमा बसेको साधारणसभाले चैतमा निर्बाचन गर्ने कार्यतालिका बनाएको थियो ।

हालसम्म सुर्खेतका १८ सय भन्दा धेरै व्यवसायीले आफ्नो सदस्यता नविनकरण गरिसकेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिनुभयो । उहाँले अझै पाँचसय सम्म सदस्यहरुको नविकरण गर्न बाँकी रहेको भन्दै फागुन २६ गते नविकरण गरीसक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

यता केही व्यवसायीहरुले भने सबै नविकरण नगरिएको भन्दै संघको कार्यालयमा तालबन्दी गरेका छन् । पदाधिकारीहरुले आफुहरुको सदस्यता नविकरण नगरेको भन्दै तालाबन्दी गरेको जनाएका छन् । यता महासचिव कँडेले भने दुई बर्षसम्म नविकरण नगरेका सदस्यहरुको नविकरण नभएको बताउनुभयो ।

उहाँले यसअघि पटक पटक सदस्यहरुलाई नविकरण गर्न आग्रह गर्दापनि व्यवास्था गर्ने गरेकाले अहिले यस्तो समस्या आएको बताउनुभयो । निर्वाचनको मिति नै घोषणा भईसकेको अवस्थामा त्यस्ता सदस्यको नविकरण गर्न विधानमा व्यवस्था नभएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया