सांग्रीलाको १०७ औं शाखा सल्लिवजारमा

दुर्गा विसी
सल्लीबजार, २७ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं १ सल्लिवजारमा विहिबारबाट थप अर्को बैकले सेवा विस्तार गरेको छ । यो सँगै सांग्रीला डेभलपमेन्ट विकास बैंकको १ सय ७ औं शाखाको रुपैयाँ विस्तार भएको शाखा प्रम्ख ओम प्रकाश अधिकारीले जानकारी दिएका छन् । यस सल्लिबजारमा एउटा मात्रै बैंक लक्ष्मी रहेको थियोे ।

एउटा मात्रै बैंक हुँदा भिडाभाड धेरै रहेको थियोे जसले गर्दा उक्त बैंकले बढ्दो बैंकिंङ सिस्टम प्रणालीलाई थेगि नसक्नु रहेको थियोे । बैंकमा भिडभाड धेरै हँुदा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन समेत उक्त बैंकलाई हम्मेहम्मे परेको देखिन्थ्यो । तर पनि उक्त बैंकले सेवा दिइरहेको थियोे ।

सल्लिवजारमा थप अर्को बैक आगमनसँगै यसले यहाँका सेवाग्राहीलाई सजिलो हुने भएको छ । थप अर्को बैंक आएपछि यहाँका स्थानीय पनि खुशी भएका छन् । विहिबार मात्रै पाँच सय बढीले खाता खोलेका छन् । उद्घाटनकै दिन नयाँ खाता खोल्नेहरुको भिडभाड बढेको छ । उक्त बैंकको उद्घाटन नगर प्रमुख गोविन्द कुमार पुन र सिम्ता गाउँपालिका सुर्खेतका गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले संयुक्तरूपमा ले रिवन काटेर विधिवत उद्घाटन गरेका थिए ।

गाउँपालिका अध्यक्ष केसी र नगर प्रमुख पुनले वित्तीय संस्था आफ्नो स्थानीय तहमा भित्र्नु भनेको सुखद् र यहाँका नागरिकका लागि निकै सकारात्मक पक्षसँग जोडेका थिए । अतिविपन्न क्षेत्र, विपन्न नागरिकका लागि उत्पादनमूलक क्षेत्रमा यो बैंक कोसेढुंगा बनोस भनेर शुभकामनासमेत व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया