सुर्खेतका विपन्न परिवारलाई न्यानो कपडा वितरण

सुर्खेत, १८ माघ ।
सुर्खेतका गरिब तथा विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरिएको छ। यूएन एजेन्सिको सहयोगमा गैर सरकारी संस्था महासंघ (गैरसस) सुर्खेतको समन्वयनमा जिल्लाका विभिन्न ठाउँका १०४ परिवारलाई मंगलबार वितरण गरिएको हो । गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा कर्णालीका इञ्चार्ज घनश्याम केसीका अनुसार सिम्ता गाउँपालिका–३ मा २५ गन्धर्व परिवार, वडा नं.–४ का ७ विपन्न परिवार, लेबवेसी नगरपालिका–१० का १३, चौकुने गाउँपालिका–४ का १२ लगाएत १०४ विपन्न, दलित, बाढीपीडितहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

चिसोलाई मध्यनजर गर्दै विपन्न, आर्थिक अवस्था कमजोर भएकाहरुलाई थोरै भएपनि राहत होस भन्ने उद्देश्यका साथ न्यानो कपडा वितरण गरिएको उनको भनाई छ । वितरण कार्यक्रममा विश्वखाद्य कार्यक्रम कर्णाली प्रदेश प्रमुख पुर्ण नेपाली, कार्यक्रम अधिकृत मनोज थापा लगाएतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया