ट्याक्टर भेरी नदिमा खस्यो, चालक सहचालक सम्पर्क विहिन

दुर्गा विसि
सल्लीबजार, १२ माघ ।
छिन्चु जाजरकोट सडक खण्डको छेडागाड नगरपालिका वडा,१३ दमार नजिकै भे २ त १४९५ नं को ट्याक्टर दुर्घटना परेको छ । जाजरकोट कुदु देखि सल्यान सल्लिवजार तर्फ जाँदै गरेको ट्याक्टर भेरिनदिमा खसेको छ । ट्याक्टर चालक बनगाड कुपिण्डे नगरपालिका वडा ६ निवासि वर्ष २३ का हुर्मत पुरी र सोहि स्थानका सहचालक अन्दाजी वर्ष १९ का नारायण पुरी सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।ट्याक्टर पानी भित्र डुवेकोले देखिन नसकेको साथै उद्दारमा समस्या भएको प्रहरीको भनाइ रहेको छ ।

दुर्घटनामा ट्याक्टर चालक र सहचालका भागेको पनि हुन सक्छ वा दुर्घटनामा परि ट्याक्टरसँगै फसेको पनि हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।सोमवार वेलुकि ५ वजेको समयमा ट्याक्टर दुर्घटनामा परेको थियोे । शसस्त्र प्रहरी,जनपथ नेपाल प्रहरीले उदारका लागि अवेर वेलुकि सम्म भेरिनदिमा खसेको ट्याक्टर निकाल्ने प्रयास सफल नभए जनाएको छ ।ट्याक्टर चालकहरुको अवस्था भने अज्ञात रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया