बनगाड नगरपालिकाको व्यथिति विरुद्ध गठबन्धन दलहरुको कडा विज्ञप्ति

दुर्गा विसी
सल्लीबजार, ९ माघ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कृयाशिल राजनीतिक दलहरुले स्थानीय सरकारको स्वच्छाचारि पनाको घोर विरोध गरेको छ । सुरुदेखि हालसम्म नगरपालिका गैरकानुनी तवरले सञ्चालन भएको उल्लेख छ ।

गठबन्धन दलहरूले नगरको सुशासन तथा विकास निर्माणकार्यका सवालमा साथै संघस्थाका विषयहरुमा सहकार्य र सहमतिय आधारमा दिगो रुपमा गठबन्धन कायम हुने जनाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नं १ का वडा अध्यक्ष शान्त कुमार यरि प्रतिको राजनीति प्रतिशोधपुर्न्न कार्य तत्काल सच्याउन भनिएको छ ।

आफै अख्तियार वनेर कुटिल चालवाचि गरेर क्षेत्रअधिकार बाहिर गएर नगर प्रमुख गोविन्द कुमार पुन र कर्मचारीले गल्त कदम चालेको वताएको छ । उक्त कुरा तत्काल नसचिए गठबन्धन दलले थप कदम चाल्ने जनाएको छ । साथै वडा नं १० वडा कार्यालय वालुवासँग्रहि तथा ढोरपिपलबाट सञ्चालन भएकोले वडा कार्यालय कुटिचौरबाट सञ्चालन गर्न माग गरिएको छ ।

मुख्यमन्त्री रोजगारका कार्यक्रम ठप्प रहेकोले यथासक्य छिटोभन्दा छिटो सञ्चालन गरियोस । स्वास्थ्य करारका केही कर्मचारी र लामो समय विभिन्न वडाहरुमा कार्यरत सलेपाहरुको जतिसक्दो चाडैं करार सम्झौता गरियोस् ।नगरपालिकाकाको स्रोत साधनमा चरम दुरुपयोग भएकोले यस्ता कार्य तत्काल रोकियास ।

हालसम्म विद्यालयहरुमा शिक्षक पद्पुर्ती नहुदा पठनपाठनमा समेत निकै समस्या उत्तपन्न भएकोले शिक्षा नियामावलि अनुसार शिक्षक छनौट गरि पदपूर्ति हुनुपर्ने । शिक्षक भर्ना गर्दा,सरुवा गर्दा सेटिङका मापदण्ड भेटिएकाले यस्ता घृणित कार्य बन्द गरियोस । सरुवाका लागि परेका निवेदन उपर छिटोभन्दा छिटो प्रक्रिया अघि वढाइयोस ।

कोहि कर्मचारी ७ महिना देखि अनुपस्थित हुदा समेत तलव भत्ता खाइरहेको र कुनैलाई राजनीति प्रतिशोधका आधारमा करार सम्झौता वहाना वनाइ दुख दिने काम गरिएकोले यथासक्य उक्त कदमहरु सच्याउन गठबन्धन दल नेकपा माओवादि केन्द्र,नेपाल कांग्रेस र नेकपा एकीकृत समाजवादीको जोडदार माग रहेको छ ।

सबै माग एक हप्ता भित्र प्रक्रियाहरु अघि नबढाए गठबन्धन दलहरुका तर्फबाट थप संघ्रषका कार्यक्रम सार्वजनिक हुने विज्ञप्तिमा उल्लेख छ । गठबन्धन दलहरुको यो विज्ञप्ति प्रती आम बनगाड कुपिण्डे नगरवासिले समाजिक सञ्जाल तथा अन्य निकायहरु मार्फत स्वागत तथा समर्थन जनाएको भेटिएको छ । यो समाचार तयार पार्दासम्म गठबन्धन दलहरुको विज्ञप्ति प्रति नगरपालिकाले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

तपाईको प्रतिक्रिया