सिम्ताको आरुडाँडामा ४७ जना एमाले प्रवेश

दुर्गा विसी
सिम्ता, ८ माघ ।
सुर्खेतको उत्तरी पुर्वी सिम्ता गाउँपालिकामा नेपाली कांग्रेस छाड्नेहरुको लहरै चलेको छ । सुर्खेत जिल्ला सचिव तथा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले अन्य पार्टीबाट एमाले भित्र्याउने नवआगुन्तुकहरुको ताँती लगाउन सुरु गरेका छन् । सिम्तामा विकास निर्माणकार्यमा समानुपातिक प्रणालीअनुसार सबैको मनजित्न सफल भएकै कारण सबैले केसीलाई औधी मनपराउछन् ।

वडा नं. ७ को विभिन्न पार्टीबाट बैसपानीमा टोलै खाली गराइ एमाले प्रवेश गराउन सफल केसीले पुनः सुर्खेतको वडा नं. ८ आरु डाँडाखालीमा नेपाली कांग्रेस प्रत्याग गर्ने ठुलै जमात एमाले प्रवेश गराउन सफल भएका छन् । आरुडाँडाका धनवहादुर रानासहित ४७ जनालाई एमाले प्रवेश गराएको केसीको भनाइ रहेको छ । पार्टी प्रवेस गर्नेहरु सबै नेपाली कांग्रेस सम्वद्ध आस्थावान तथा विभिन्न कमिटीमा रहेका व्यक्तिहरुलाई एमालेमा प्रवेश गराइएको छ ।

सिम्ता गाउँपालिकामा नेकपा एमालेको गुटबन्दीको चरम सिकार बनेका केसीलाई गाउँ कमिटी अध्यक्ष हुन नदिएपछि उनले जिल्ला पदाधिकारी सचिव पदमा अत्यधिक मतका साथ विजय हाँसिल गरेका थिए । सिम्तामा जनता माझ निकै लोकप्रिय केसीलाई एमाले कार्यकर्तासँगै अन्य पार्टीका कार्यकर्ताले समेत उनलाई रोज्ने गर्दछ्न । छोटै समयमा सुर्खेत एमालेमा राम्रो काम गर्दै उच्च छवि बनाउन सफल केसी पार्टीको आन्तरिक संगठन बलियो बनाउनुपर्ने कुरामा कस्सिएका छन् । त्यसैले अन्य पार्टीका कार्यकर्ता तान्नमा केसी यतिखेर व्यस्त देखिन्छन् ।

तपाईको प्रतिक्रिया