क्यूपेक नेपाल सुर्खेत अध्यक्षमा गौतम

सुर्खेत, ८ माघ ।
नेपाल विजुली–पेन्टर–पलम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) जिल्ला कमिटी सुर्खेतको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । “क्यूपेक नेपालको सरोकार, सामाजिक सुरक्षा र मर्यादित रोजगार” भन्ने मूल नाराका साथ चौंथो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा निर्विरोध रुपमा अनिष गौतमको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन भएको छ ।

कमिटीको उपाध्यक्षमा शिव प्रसाद आचार्य, सचिव थम्मराम न्यौपाने, सह–सचिव सुनिता न्यौपाने, कोषाध्यक्ष किरण गौली तथा सदस्यहरु नविन गौली, मनिषा न्यौपाने, प्रेमी घर्ती मगर, मिलन ढेङ्गा मगर, वीरेन्द्र श्रेष्ठ, तिलक धामी, मनिराम भण्डारी, जयराम चौधरी, हिरा सिं ठाडा मगर, खड्क बहादुर रानाका साथै सल्लाहकारमा डिलाराम न्यौपाने र जीवन गौतमलाई चयन गरिएको छ ।

अधिवेशनमा प्रमुख अतिथि नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) कर्णाली प्रदेशका अध्यक्ष तेज प्रकाश जि.सी.ले बिजुली, पेन्टर, पलम्बर तथा निर्माण मजदुरहरुले काम गर्ने क्रममा सुरक्षाका साधनहरुको प्रयोग नगर्नेगरेकाले अपाङ्गता हुने देखि ज्यानैसम्मको असुरक्षा भएको बताउँदै अनौपचारिक क्षेत्रका मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा लैजान सरोकारवाला निकाय गम्भिर हुन आह्वान गर्नुभयो ।

संगठन निर्माण, संगठन सुध्रिढिकरण, प्रशिक्षण, तालिम र सदस्यता अभिलेखिकरण डिजिटल प्रविधिबाट सुरुवात भएको जानकारी गराउँदै युनियनहरु पनि डिजिटलाइजिङ्ग हुन जरुरी रहेको बताउनु भयो । जिल्ला कमिटी अध्यक्ष अनिष गौतमले यूनियनको सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरी भेलाले सर्वसम्मत पारित समेत गरेको छ ।

अधिवेशन पूर्ण सफलताको लागि जिफन्ट केन्द्रीय महिला कमिटी सदस्य चन्द्रा धामी, जिफन्ट प्रदेश सचिव श्रीपाल सारु मगर, नाटु केन्द्रीय सचिव रत्नलाल न्यौपाने, क्यूपेक नेपाल केन्द्रीय सदस्य भिम प्रसाद न्यौपाने, नाटु कर्णाली प्रदेश अध्यक्ष मिज्जन अन्सारी र इम्प्रेसन नेपाल कर्णाली प्रदेश अध्यक्ष निम बहादुर बुढाले शुभकामना मन्तव्य राख्नु भएको थियो भनेकार्यक्रम संचालन जीवन गौतमले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया