‘वडामा विद्युत विस्तारका लागि काम गरिरहेका छौँ’

नागरिकका लागि सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । जनप्रतिनिधिसँग सहजै पहुँच हुने भएकाले पनि नागरिकले स्थानीय सरकारबाट धेरै अपेक्षा गरिरहेका छन् । तर पनि स्थानीय सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेको छ । अब कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका स्थानीय सरकारले महत्वपूर्ण काम गरेको बताइरहेका छन् । यो अवधिमा सुर्खेतको चिङ्गाड गाउँपालिकाको वडा नम्बर १ ले कस्ता काम गरिरहेको छ ? वडाध्यक्ष वीरबहादुर ओलीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?
मलाइ जनताले विकास र निर्माणको जिम्मेवारी दिएर पठाउनुभयो । जनताका समस्या समाधानमा नै केन्द्रीत हुँदै आएको छु । अहिले पनि जनतालाई आवश्यकपर्ने विकास योजनाहरुको कार्यान्वयनमा नै केन्द्रीत छु। जनताका आधारभुत आवश्यकता पुरा गराउने मेरो लक्ष्य अनुसार म अहिले पनि त्यही काममा व्यस्त छु । जनताकै बिचमा छु। हतपाइँको वडामा विकासको अवस्था कस्तो छ ? हाम्रो वडा भौगोलिक रुपले विकट वडा हो । हामीले विकासका कामलाई सुरुदेखि नै अगाडी बढाइ रहेका छौं । अहिले वडाका अधिकांश टोलमा सडक पुगेको छ । तिनको स्तरोन्नतिको काम भइरहेको छ । सडक नपुगेका केही टोल बाँकी छन् । त्यहाँ सडक निर्माणको काम भइरहेको छ । अब च्यारकुले गोगनेसम्म एउटा सडक जोडिँदैछ । त्यसैगरी तुसारे, पाखापानी गुरुङ्ग गाउँमा पनि सडक जोडिने पक्रियामै छ । यी सडक केही महिनाभित्र संचालन हुन्छन् । हामीले साना योजना अन्तर्गत खानेपानीको सुविधा नपुगेका ठाउँमा खानेपानीको व्यवस्थापन गर्ने काम गरिरहेका छौं ।

यो बर्ष बजेटको प्राथमिकतामा के छन् ?
हामीले मुख्यगरी सामाजिक, आर्थिक र भौतिक विकासमा नै बजेट केन्द्रीत गरिरहेका छौं । सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र अन्य सीप विकासका कामहरु गरिरहेका छौं भने आर्थिक विकासतर्फ वडामा विभिन्न आयआर्जनमुलक क्रियाकलापसँगै कृषि, पशुपालन र अन्य उद्यमशिलताका कार्यक्रम संचालन गरिरहेका छौं । जसले गर्दा धेरै मासिनहरु आत्मनिर्भर भइरहेका छन् । अर्कोतर्फ स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने गरी हामीले काम गरिरहेका छौं । यही माघ १ गतेदेखि नयाँ स्वास्थ्य एकाइ पनि संचालनमा ल्याएका छांै । समग्रमा जनताका आवश्यकता पुरागर्ने प्रयास स्वरुप नै बजेट केन्द्रीत गरेका छांै ।

वडाबासीलाई कोरोनाबाट जोगाउने तयारी के छ ?
अहिले कोरोनाको नयाँ भेरियन्टको प्रभाव परिरहेको छ । अहिलेसम्म हाम्रो वडामा त्यस्तो समस्या नदेपखिए पनि यसबाट हुनसक्ने सम्भावित समस्यालाई मध्यनजर गरेर हामीले सबैलाई जनचेतनाका कार्यक्रम संचालन गरिरहेका छौं । खोप लगाउन नागरिकलाई अनुरोध गरेका छौं । एम्बुलेन्स, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेका छौं ।

कस्ता चुनौती भोग्नुभयो ?
पहिलो चुनौती त वडाको भुगोल नै भइहाल्यो । दोस्रो चुनौती पर्याप्त बजेट नहुनु हो । जसले गर्दा जनताका आवश्यकता पुरा गर्न सकिदो रहेनछ । अर्को चुनौती भनेको दुई बर्षदेखि फैलिएको कोरोना हो । लकडाउनले विकासका काममा अवरोध भइरहेको छ । यी चुनौती काम गर्ने शिलशिलामा आए ।

वडामा मुख्य समस्या के छन् ?                                                                                                                                            हाम्रो वडाको पहिलो समस्या भनेको सञ्चार र विद्युतकै हो । यो समस्या विगतदेखि नै छ । हाम्रो सानो बजेटले यो समस्या समाधान सम्भव छैन । मैले यो समस्या समाधानको लागि माथिल्लो तहका सरकार र विभिन्न निकायमा भन्ने गरेको छु । तर समस्या समाधान भएको छैन । सँगै बेरोजगारी, चेतनाको कमी लगायतका धेरै समस्या हाम्रो वडामा छन् । यी समस्या समाधानको लागि सबैभन्दा पहिलो त शिक्षाको आवश्यकता छ ।

गाउँमा रोजगारी सिर्जना गर्ने योजना के छन् ?
हाम्रो सानो बजेटले बेरोजगारी हाम्रो सरकार नागरिकका लागि सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार नै हो । जनप्रतिनिधिसँग सहजै पहुँच हुने भएकाले पनि नागरिकले स्थानीय सरकारबाट धेरै अपेक्षा गरिरहेका छन् । तर पनि स्थानीय सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेको छ । अब कार्यकाल सकिन केही महिनामात्र बाँकी रहेका स्थानीय सरकारले महत्वपूर्ण काम गरेको बताइरहेका छन् ।

जनतासँग गरेका प्रतिवद्धता पुरा भए त ?
मैले जनतालाई धेरै आश्वासन त दिएको थिइँन । मैले जनताको बिचमा वडामा रहेका नौ वटै विद्यालयसम्म सडक पुर्याउँछु भनेको थिएँ । त्यो पुरा भएको छ । त्यसैगरी विद्यालयका भवन सुधार र स्वास्थ्य संस्था स्थापना गरेर सजिलै स्वास्थ्य सेवा लिन सक्ने बनाउने र सबै घरघरमा पुर्याउने भनेको थिएँ । अरु सबै पुरा भएको छ । अब विद्युत विस्तार हुन बाँकी छ । ५० प्रतिशत विद्युत विस्तारको काम पनि भइसकेको छ । अब बाँकी समयमा पुर्याउने कोशिसमा छु । यदी मैले भनेका बाँकी काम पुरा गर्नुपर्ने आवश्यकता जनताले ठान्नुभयो भने म फेरि जनप्रतिनिधि भएर आउँछु । अनि बाँकी काम पुरा गर्छु ।

तपाइँ निर्वाचित भएपछि वडामा के परिवर्तन भयो ?
हामी २०७४ भन्दा अगाडी वडामा सबै हिसाबले पछाडी थियौं । सडकको नाममा एउटा मात्र सडक थियो । अहिले अधिकांश नागरिक सडकको पहुँचमा पुगेका छन् । शिक्षाका भवनहरु जीर्ण थिए। अहिले सबै विद्यालय भवन सुधार भएका छन् । भौतिक संरचनाहरु बनेका छन् । खानेपानीको समस्या करिव समाधान भएको छ । एउटा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना गरेर संचालन ल्याएका छौं । अब हाम्रो वडामा दुई वटा स्वास्थ्य इकाइ संचालनमा छन् ।

तपाईको प्रतिक्रिया