राजनीति

सभापतिका उम्मेदवार प्रकाशमान पनि मतदान गरेर फर्किए

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वका छान्नका लागि १४औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा मतदान जारी छ। मतदान गर्ने पहिलो मतदाताका रुपमा केबी गुरुङ रहेका थिए भने त्यसपश्चात् शेरबहादुर देउवा प्रकाशमान सिंह, रामशरण महत, सुजता कोइरालालगायतले भोट हालेका थिए।

मतदानका लागि देउवा करिब एक घण्टा मतदानस्थलमा बसेका थिए। त्यस्तै, उम्मेदवार सिंह भने बिहानैदेखि मतदानस्थलमा पुगेर भोट माग्‍नमा व्‍यस्त थिए।

आज बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि करिब तीन घण्टा ढिला गरी मतदान जारी छ। मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन्।

निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

मतदानको समय बेलुका ५ बजेसम्म मात्र भनिएको भए पनि बिहान ढिला सुरू भएकाले मतदान अबेरसम्म चल्न सक्ने निर्वाचन समितिले जनाएको छ।

 

तपाईको प्रतिक्रिया