बलिउड अभिनेता अक्षयको बहुप्रतिक्षित फिल्म पृथ्वीराजुको टिजर सार्वजनिक

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म पृथ्वीराजुको टिजर सार्वजनिक भएको छ। चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको ऐतिहासिक एक्सन ड्रामा फिल्मको टिजर सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तत्कालिन चाहमना राज्यका राजा पृथ्वीराज चौहानको कथामा आधारित फिल्ममा अक्षय केन्द्रीय भूमिकामा देखिएका छन् । अक्षयसँगै फिल्ममा सञ्जय दत्त, सोनु सुद, मानुषी चिल्लरको मुख्य भूमिका रहेको छ । पूर्व मिस वर्ल्ड मानुषीको यो पहिलो फिल्म हो  ।

झण्डै तीन सय करोड बजेट रहेको फिल्मको छायांकन चलिरहँदा कोरोना महामारी सुरु भएपछि काम रोकिएको थियो । गत वर्ष नोभेम्बरबाट पुनः छायांकन सुरु गरिएको फिल्मको अब पोस्ट प्रोडक्सनको केही काम बाँकी रहेको छ ।

चन्द बार्दाइको महाकाव्य पृथ्वीराज रसोुमा आधारित फिल्म आगामी जनवरी २१ देखि प्रदर्शनमा ल्याउने तयारी हुँदैछ । तिहारको अवसरमा प्रदर्शनमा आएको अक्षयको सूर्यवंशीुले उत्साहजनक व्यापार गरेको छ ।

पृथ्वीराजु बाहेक अक्षयका बच्चन पाण्डेु, रक्षा बन्धनु र मिसन सिन्ड्रेलाु प्रदर्शनको तयारीमा छन् भने राम सेतुु र ओ माइ गड २ु छायांकनको क्रममा छन् ।

तपाईको प्रतिक्रिया